काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ x १००० गुणाले खुसी बढाउनुहोस्’ को विजेता घोषाण गरेको छ ।
साे अफरको विजेता काठमाडौं निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको विजेता घोषणामा ‘लक्की ड्र’मार्फत लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २० लाख ७९ हजार रूपैयाँको चेक यामाहा शोरुम, तिरपुरेश्वरबाट हस्तान्तरण गरेको छ ।
कम्पनीको अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको साे नयाँ वर्ष अफर चैत १ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो ।
यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो ।
कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जितेका थिए ।
बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रतिलिटर ५८ किलोमिटर(औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।
यसैगरी, ग्राहकहरूको खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेको यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले व्यक्त गरेका थिए ।
आउँदै गरेको नेपालीहरूको महान चाडपर्व दसैं-तिहारलाई अझ उत्सवमय एवं बृहत् बनाउनका निम्ति यस्तै आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको पनि क्षेत्रीले बताए ।