काठमाडौं । चालू आवको ११ महिना जेठसम्ममा विदेशी विनिमय सञ्चिति घटेको छ ।
जेठमा विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेको हो ।
२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेर २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकामा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले घटेर १०३१ अर्ब ८९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकामा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई १४४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.३ प्रतिशत, ५६.१ प्रतिशत र २२.० प्रतिशत रहेका छ । २०७८ असार मसान्तमा यी अनुपात क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत थिए ।