काठमाडाैं । स्ट्यागफ्लेसन स्थिर विकास र बढ्दो मूल्यको ककटेल हो । सामान्यता सन् १९७० को दशकको अवशेषका रुपमा यो देखिएको थियो । तर, अहिले अर्थशास्त्रीहरुले फेरि फर्किन सक्ने चेतावनी दिन थालेका छन् ।
के हो स्ट्यागफ्लेसन ?
स्ट्यागफ्लेसनलाई बढ्दो मुद्रास्फीतिसँग जोडिएको अल्पवृद्धिको रुपमा परिभाषित गरिएको छ । १९७० को दशकपपिछ अर्थशास्त्रीहरुले यसमा खासै दिएनन् । तर, जब अमेरिकी उपभोक्ताहरु आफ्ना सवारीसाधनमा महँगो पेट्रोलियम पदार्थ भर्न लाइनमा उभिएका थिए, बेरोजगारीको दर ९ प्रतिशत पुग्यो ।
यो हप्ताको सुरुमा विश्व बैंकले यस वर्ष वैश्विक अर्थव्यवस्थाका लागि आफ्नो वृद्धि प्रक्षेपण घटाएको छ । र, धेरै वर्षको उच्च मुद्रास्फीति र १९७० को दशकको सम्झना दिलाउने चिसो वृद्धिको चेतावनी दिएको छ ।
मुद्रास्फीतिले फेडरल रिजर्भलाई पनि अप्ठ्यारोमा पार्छ । किनकि केन्द्रीय बैंकको काम भनेको मुद्रास्फीति र बेरोजगारी दुवैलाई कम गर्नु हो । फेडरलले मुद्रास्फीति रोक्न ब्याजदर बढाउँदै यो वर्ष जारी राख्न चाहन्छ । तर, आवश्यकभन्दा बढी आक्रामक रुपमा गयो भने यसले खर्च कम गर्न र अर्थव्यवस्थालाई मन्दीतर्फ लैजाने जोखिम उठाउन सक्छ ।
मुद्रास्फीति किन जोखिममा छ अहिले ?
मुद्रास्फीति अहिले ४० वर्षकै उच्चस्तरमा छ । अर्थशास्त्रीहरु युक्रेनमा भएको युद्धसँगसँगै चीनमा भएको लकडाउन र सप्लाई चेनमा देखिएको व्यवधानका कारण चिन्तित छन् ।
के हामी मन्दीको अवस्थामा छौं ?
अहिले मुद्रास्फीति धेरै छ । तर, बेरोजगारी भने आधा शताब्दीकै न्यूनस्तरमा छ । अमेरिकी अर्थतन्त्र पहिलो त्रैमासमा संकुचित भयो । कारण, आपूर्तिमा भएको समस्याका कारण यसको प्रभाव उत्पादनमा पर्यो । तर, अर्थशास्त्रीहरुका अनुसार उपभोक्ता र व्यावसायिक खर्चमा बलियो भएका कारण दोस्रो त्रैमासमा फेरि वृद्धि सुरु हुने अपेक्षा गरेका छन् । स्थिर मुद्रास्फीति उच्च मुद्रास्फीति र सुस्त वृद्धि दुवैको स्थायी अवधि हुनेछ न कि एक चौथाइ मात्रै ।
स्ट्यागफ्लेसन अमेरिकी अर्थतन्त्रको जोखिम बनिरहेको छ । १९७० र आजको अवस्थाबीच समानता देखिएका छन् । तेल र खाद्यान्नजस्ता वस्तुको बढ्दो मूल्यवृद्धिले दैनिकी महँगो बन्दै गइरहेको छ । यस्तो स्थितिमा व्यापारिक अधिकारीहरुले अर्थतन्त्रको अवस्थाबारपे चिन्ता प्रकट गरिरहेका छन् ।
१९७० र आजको अवस्थाबीचको मुख्य भिन्नता हो, रोजगारी । ७० र ८० को दशकको सुरुमा बेरोजारीदर करिब १० प्रतिशत थियो । र, मे २०२२ मा आइपुग्दा ३.६ प्रतिशत छ ।
मुद्रास्फीतिको सम्बन्ध वस्तु र सेवाको मूल्यवृद्धिसँग छ । फेडरलको इच्छा कम मुद्रास्फीति देख्नु हो । जुन वार्षिक २ प्रतिशत मुद्रास्फीतिलाई लक्षित गर्छ । यसले अर्थतन्त्रमा स्वस्थ मागको संकेत गर्छ । तर, यदि मुद्रास्फीति अधिक बढ्छ भने बढ्दोे मूल्यले परिवारको क्रयशक्ति कमजोर बन्छ ।
यस्तै स्ट्यागफ्लेसन भनेको मूल्य बढ्नु र माग कमजोर हुनु हो । जसकारण व्यापारीले कम पैसा आर्जन गर्छन्, जागिर कटौती गर्छन् र बेरोजगारी पनि बढाउँछन् । यसले अर्थतन्त्रलाई निश्चित रुपमा मन्दीतिर धकेल्छ ।
पहिले पनि भएको थियो स्ट्यागफ्लेसन ?
१९७० देखि ८० को दशकारम्भसम्म जब वस्तुको मूल्य र दोहोरो अंकको मुद्रास्फीति उच्च बेरोजगारीसँग जुधे मुद्रास्फीतिमा मन्दी देखिएको थियो ।
७० को सुरुवातमा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले फेड अध्यक्ष अर्थर बन्र्सको सहमतिमा ज्याला र मूल्यवृद्धिमा लगाम लगाए र मुद्रास्फीति नियन्त्रणको प्रयास गरे । यस्तै १९७३ मा पनि अरबको तेल नाकाबन्दीले ऊर्जाको मूल्य बढ्यो, जसले मुद्रास्फीति वृद्धि भएको थियो ।
परिणामतः जब फेडले ब्याजदर बढायो, १९७४÷७५ मा अर्थतन्त्र गम्भीर मन्दीतिर धकेलियो । मुद्रास्फीति र बेरोजगारी पछिल्लो दशकको स्तरमा फर्किएन ।
उक्त दशकको स्ट्यागफ्लेसन निकै दुःखदायी रुपमा अन्त्य भयो । फेडले १९८१ मा २० प्रतिशतसम्म बढाएको ब्याजदरले मन्दी र बेरोजगारी दोहोरो अंकमा सुरु भयो ।
वाल स्ट्रिट जर्नलबाट मीनराज बसन्तको अनुवाद ।