काठमाडाैं । सीजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एयर कन्डिसनरमा गोक्लिन, जोनफलो, गोल्डगार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु छन्।
यसको गोक्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धुलो र फोहोरहरु आफैं पखाल्छ । जसले गर्दा एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन । गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीले बताएकाे छ ।
साथै यसको गोल्ड गार्ड फिचर्सले एयर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ। यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ।
यसको रिमोटमा विशेष सेन्सर हुन्छ । जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ । कम्पनीका अनुसार यो एयर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी छ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन्।