राम प्रजापति आफ्नो स्कुटीलाई कलेज र घर आवतजावतमै प्रयोग गर्थे । व्यवस्थापनमा स्नातक पहिलो वर्ष अध्ययनरत प्रजापति स्कुटीमा प्रयोग हुने इन्धनका लागि घरमै पैसा माग्नुपर्ने बाध्यता थियो । जब साथीहरूलाई ‘लिफ्ट’ दिएर पैसा कमाउन सकिन्छ भन्ने थाहा पाए, तुरुन्तै पठाओ कार्यालयमा बुझ्न गए ।
पठाओ पुुगेपछि थाहा पाए, ‘त्यहाँ त मालिक र कामदार नहुँदो रहेछ । आफू नै मालिक, कमाए जति पैसा आफ्नै ।’ त्यसपछि पठाओ एप चलाउने, गुगल म्याप हेर्ने र लिफ्ट दिँदा ध्यान दिनुपर्ने कुरा साधारण तालिमबाट सिकेपछि अहिले दैनिक १२ जनासम्मलाई लिफ्ट दिइरहेका छन्, प्रजापति । इन्धन र फोनको लागत कटाएर दैनिक एक हजार रुपैयाँसम्म बचत हुन थालेदेखि प्रजापतिले कलेजको शुल्क र आफ्नो पकेट खर्च आफ्नै आयले पुर्याइरहेका छन् र घरमा कसैसँग पैसा माग्नुपर्ने अवस्थामा छैनन् ।
प्रजापति एउटा उदाहरण मात्र हो । पछिल्लो समय के सबल, के अपांगता भएको व्यक्ति आफूसँग सवारी छ भने राम्रो रोजगारीको माध्यम बनेको छ लिफ्ट संस्कृति । अर्थात् पछिल्लो समय ‘टुटल’ र ‘पठाओ’ एप्समा युवादेखि वृद्धसम्म तथा अपांगता भएका व्यक्तिसम्म जोडिएर सहज यातायातको प्रवन्ध मात्र गरिदिएका छैनन्, रोजगारीको एउटा अवसर सदुुपयोग पनि गरेका छन् ।
लिफ्ट सेवा व्यावसायिक बनेसँगै युवाहरूमा कामप्रति सम्मानको संस्कृति जन्माएको छ । अर्थात् स–साना कामलाई पनि सम्मान गर्ने परिपाटी विकास भएको छ । यसमा सानादेखि ठूला कामहरू वा स्वतन्त्र व्यक्ति, परामर्शदाता, ठेकेदारहरू र करार वा अस्थायी कामदारहरू समावेश हुने गरेको पाइन्छ । लिफ्ट सेवाका अतिरिक्त फुडमान्डुको डेलिभरि सेवा, गुगलका लागि काम गर्ने आईटी इन्जिनियरहरूको कामलाई यसअन्तर्गत समेट्न सकिन्छ । नेपाल केन्द्रित सेवाहरू बाहेक, गिग अर्थव्यवस्थाले नेपाल विश्वका लागि ‘सेवा केन्द्र’ बन्ने ठूलो सम्भावनाको ढोका खोलेको छ ।
चाखलाग्दो कुरा के छ भने डिज्नी चलचित्रको धेरै एनिमेसनहरू अहिले नेपालमा बन्ने गरेको छ । गुगल, अमेजन र फेसबुकजस्ता विश्वस्तरका कम्पनीहरूमा अनलाइनमार्फत नेपालबाटै केही नेपालीहरूले काम गरिरहेका छन् । २ सय बढी अमेरिकी स्वास्थ्य सेवाका भुक्तानी सेवाहरू नेपालमा आधारित व्यापार प्रक्रिया (आउटसोर्सिङ) मार्फत नेपालबाट अनलाइनबाटै राफसाफ हुन्छन् । धेरै नेपाली आईटी कम्पनीहरूले विश्वभरका बहुराष्ट्रिय कम्पनीहरूलाई आईटी समाधान र सफ्टवेयरका सेवाहरू उपलब्ध गराइरहेका छन् । राम्रा सफ्टवेयर इन्जिनियरहरू र आईटी प्रोफेसनलहरूले नेपालमै बसेर ‘६ अंक’को तलब सजिलै कमाइरहेका छन् ।
आजकल इन्टरनेटका माध्यमबाट काम (खास गरी सेवामूलक काम) लिने र दिने प्रवृत्ति बढ्दो छ । जुनसुकै प्रकारका पेसेवर व्यक्ति डाक्टर, वकिल, इन्जिनियर, प्राध्यापक, स्वतन्त्र हुन् या अन्य जोसुकै किन नहुुन कुनै निश्चित काम वा परियोजना पूरा गर्न अस्थायी रूपमा नियुक्त गरिन्छ ।
यस्तो प्रकृतिको आर्थिक गतिविधिलाई गिग अर्थतन्त्रको अंशका रूपमा बुझिन्छ । ‘गिग’ शब्दको उत्पत्ति खासमा संगीत उद्योगबाट आएको हो । गायक, संगीतकारले आफ्नो पारिश्रमिक तब पाउँछन् जब उनीहरूको गीत–संगीत प्रसारण हुन्छ । त्यसैगरी फिल्म उद्योगमा पनि यस्तै अर्थव्यवस्था विद्यमान छ । जहाँ कलाकारले प्रत्येक फिल्मका लागि अनुबन्धनका लागि हस्ताक्षर गर्छन् ।
गिग अर्थव्यवस्था कुनै नयाँ अवधारणा भने होइन बरु यो प्रविधिको साथमा दु्रत रूपमा अपनाइँदैछ । स्वतन्त्र र करारमा आधारित रोजगारीको आधारमा विकास हुने अर्थतन्त्रलाई गिग अर्थतन्त्र भनिन्छ । अर्को शब्दमा भन्दा अनुबन्धमा आधारित अस्थायी कामहरू गिग अर्थव्यवस्थाको दायराअन्तर्गत आउँछन् । अमेरिकाजस्ता विकसित देशमा यस्तो अवधारणा लामो समयदेखि प्रचलनमा छ । यहाँ ठूला फर्म तथा कम्पनीहरूले छोटो अवधिका लागि आफ्नो आवश्यकताअनुसार योग्य कर्मचारी राख्छन् र उनीहरूलाई कामको निश्चित पारिश्रमिक दिइन्छ ।
गिग अर्थव्यवस्था कुनै नयाँ अवधारणा भने होइन बरु यो प्रविधिको साथमा दु्रत रूपमा अपनाइँदैछ । स्वतन्त्र र करारमा आधारित रोजगारीको आधारमा विकास हुने अर्थतन्त्रलाई गिग अर्थतन्त्र भनिन्छ । अर्को शब्दमा भन्दा अनुबन्धमा आधारित अस्थायी कामहरू गिग अर्थव्यवस्थाको दायराअन्तर्गत आउँछन् । अमेरिकाजस्ता विकसित देशमा यस्तो अवधारणा लामो समयदेखि प्रचलनमा छ । यहाँ ठूला फर्म तथा कम्पनीहरूले छोटो अवधिका लागि आफ्नो आवश्यकताअनुसार योग्य कर्मचारी राख्छन् र उनीहरूलाई कामको निश्चित पारिश्रमिक दिइन्छ ।
गिग अर्थतन्त्रको आयाम अझ धेरै क्षेत्रमा फैलिरहेको छ । अस्थायी हिसाबले र स्वतन्त्र रूपमा ठेक्कामा काम गर्ने कर्मचारी । स्वतन्त्र सेवा, ब्लगिङ, सम्बद्ध मार्केटिङ गतिविधि जस्ता क्षेत्रमा अनलाइन प्लेटफर्ममार्फत काम गर्ने कर्मचारीहरू अचेल अर्थतन्त्रको यो बदलिँदो स्वरूपमा आबद्ध भएको पाइन्छ । त्यस्तै ‘एक कल फोनको भरमा सामान वा सेवा हजुरको घरमा’ भन्नेजस्ता विज्ञापन हामीले अलि पहिलेदेखि नै सुन्दै आएका छौं ।
मौसमी प्रकृतिका रोजगारीका क्षेत्रहरू जस्तैः सडक निर्माण गर्ने कामको ठेक्का लिने निर्माण कम्पनीमा काम गर्ने अस्थायी कामदारहरू समेत गिग अर्थ प्रणालीमा जोडिएको पाइन्छ । संगठित क्षेत्रमा स्थायी कर्मचारीको नै बोलवाला हुन्छ किन कि यस क्षेत्रले आफ्नो काम सम्पादन गर्न ठूलो संख्यामा कर्मचारी नियुक्ति गर्ने गर्छन् । यसका बावजुद थुप्रै कामहरू अस्थायी कर्मचारीबाट चलाउँछन् । खास गरेर अल्पकालीन प्रकृतिको विद्यमान श्रम बजार हो ‘गिग अर्थतन्त्र’ ।
पठाओ, फुडमान्डु, उपाय सिटी कार्गाे जस्ता डिजिटल एपका माध्यमबाट सेवा प्रवाह हुने गरी अहिले विकसित व्यवसायका बारेमा चर्चा गरौं । यस्ता व्यवसायहरूमा सेवाप्रदायक व्यक्ति र उसलाई रोजगारी दिने कम्पनीको बीचमा आंशिक सम्बन्ध कायम रहेको हुन्छ र त्यो पनि उसले ग्राहकलाई सेवा दिने अवधिका लागि मात्र । एक किसिमले भन्ने हो भने अनलाइन माध्यमबाट आफूलाई कम्पनी र ग्राहकबीच आबद्धता कायम गर्न व्यक्तिहरू स्वतन्त्र हुन्छन् ।
कम्पनीहरूले स्वैच्छिक रूपमा उपलब्ध श्रमशक्तिलाई निश्चित कार्यका लागि अस्थायी रूपमा मात्र सम्बन्धन कायम गराउने प्रकृतिको हुने भएकाले नेपालमा पनि व्यक्तिगत सवारीसाधन हुनेहरूले समेत पठाओ सेवामा आफूलाई स्वैच्छिक रूपमा संलग्न गराएका छन् । डिजिटल माध्यमबाट हुने यस प्रकारको वस्तु तथा सेवासम्बन्धी कारोबारको व्यवस्थालाई चाहिँ ‘गिग अर्थव्यवस्था’ भनिन्छ ।
यो अर्थतन्त्रको विस्तार कुनै एक देश, राज्य, कम्पनीमा मात्र सीमित छैन, यद्यपि यस अर्थतन्त्रअन्तर्गत कुनै देश वा कुुनै देशमा रहेका कम्पनीहरूले असीमित काम गर्ने जनशक्तिलाई देख्न सकिन्छ । यस अर्थतन्त्रमा, कम्पनीहरूले आफ्नो ठूला वा साना कामहरूका लागि फरक लागतमा छोटो अवधि र दीर्घकालीन काम दिन सक्छन्, यसरी काम खोज्नेहरूले कम समयमा धेरै पैसा कमाउन सक्छन् ।
गिग अर्थतन्त्रको नेपालमा सम्भावना
आजभोलि संसारभरि नै गिग अर्थतन्त्र विस्तार हुँदै गएको छ । विश्व आर्थिक मञ्चले गिग अर्थतन्त्रलाई डिजिटल माध्यमबाट फ्रिलान्सरहरूलाई ग्राहकसँग जोड्ने खास गरेर अल्पकालीन प्रकृतिका सेवाका रूपमा अथ्र्याएको छ । नेपालमा पनि काठमाडौंमा केही वर्षयतादेखि टुटल र पठाओ यातायात सेवा लोकप्रिय भइरहेको छ । स्पेनले त झन् नयाँ कानुन स्वीकृत गरी गिग अर्थतन्त्रमा आधारित चालक (राईडर)हरूलाई ज्यालादारी मजदुरका रूपमा वर्गीकरण गरेको छ ।
विकसित अर्थतन्त्रमा सम्पत्ति साझेदारी (एसेट सोयरिङ) जस्तैः कार, घर, पार्किङ स्थल आदि व्यवसाय गिग प्रणालीमा चल्ने गरेको पाइन्छ । साथै, घरेलु उपभोग, औद्योगिक वृद्धि र निजी लगानीमा आएको कमीका कारण विगत दुई वर्षमा रोजगारी सिर्जना सुस्त भएको छ । तसर्थ, रोजगारीको अभावका कारण धेरै स्नातक, व्यावसायिक डिप्लोमा र डिग्री लिएका युवाहरू अहिले गिग अर्थतन्त्रको हिस्सा बन्न थालेका छन् ।
नेपालमा ‘गिग अर्थतन्त्र’ अझै प्रारम्भिक चरणमा छ । सरकारसँग एकिन तथ्यांक नभए पनि अहिले आईटी प्रविधिमा आधारित नेपाल केन्द्रित सेवा प्रदान गर्ने व्यापार जस्तै पठाओ, फुडमान्डु, उपाय सिटी कार्गाेका साथसाथै विदेशी कम्पनीका लागि नेपालमा बसी विभिन्न सेवा प्रदान गर्ने कम्पनी मूलतः आईटी प्रविधिमा आधारित सेवा दिने थुप्रै कम्पनीहरू दिन प्रतिदिन खुल्दै छन् । जसले सानोतिनो जागिरदेखि उच्च प्राविधिक कौशलमा आधारित ठूलो मात्रामा रोजगारी प्रदान गरिरहेको छ । त्यस्ता कम्पनीहरूले नेपालमा अति आवश्यक विदेशी मुद्रा ल्याएका छन् ।
त्यस अतिरिक्त यस्ता कम्पनीहरूले युवा र दक्ष श्रमिकहरूलाई रोजगारीका धेरै अवसरहरू नेपालमै उपलब्ध गराउँदै आएका छन् । अझ आउटसोर्सिङका रूपमा काम गर्ने नेपाली आईटी कम्पनीहरूले दक्ष नेपाली जनशक्तिलाई उच्च पारिश्रमिक उपलब्ध गराउँदै आएका छन् । कुनै पनि नेपाली कर्पाेरेट क्षेत्रले दिन सक्नेभन्दा बढी छ । लिप फ्रोग टेक्नोलोजी, कोटीभिटी, इन्सेसान्त रैन एनिमेसन स्टुडियो, सेडार गेट टेक्नोलोजी जस्ता आईटी सेवा सम्बन्धित विश्व प्रसिद्ध कम्पनीहरूमा नेपालबाट काम गरिरहेका छन् । हजारौं नेपाली युवाहरूलाई उच्च सीप र उच्च पारिश्रमिकको रोजगारी प्रदान गरिरहेका छन् ।
नेपालको अर्थतन्त्रलाई गिग अर्थतन्त्रतर्फ लैजानुको सबैभन्दा ठूलो कारण भनेको डिजिटल सञ्चारको दु्रत विकास हो । अहिले डिजिटल सञ्चारले भौगोलिक बाधाहरूलाई पूर्णरूपमा हटाएको छ । डिजिटल सञ्चारको दु्रत वृद्धिले गिग अर्थतन्त्रलाई सबैभन्दा बढी उत्प्रेरित गरेको छ, कामहरू अत्यधिक लचिलो र यसभित्र कुनै पनि भौगोलिक बाधाबिना जता बसेर पनि गर्न सकिन्छ ।
नेपालको अर्थतन्त्रलाई गिग अर्थतन्त्रतर्फ लैजानुको सबैभन्दा ठूलो कारण भनेको डिजिटल सञ्चारको दु्रत विकास हो । अहिले डिजिटल सञ्चारले भौगोलिक बाधाहरूलाई पूर्णरूपमा हटाएको छ । डिजिटल सञ्चारको दु्रत वृद्धिले गिग अर्थतन्त्रलाई सबैभन्दा बढी उत्प्रेरित गरेको छ, कामहरू अत्यधिक लचिलो र यसभित्र कुनै पनि भौगोलिक बाधाबिना जता बसेर पनि गर्न सकिन्छ ।
नेपालको अर्थतन्त्रमा रोजगारी बाहेक कृषिबाट उत्पन्न बेरोजगारीको समस्या झेलिरहेका ग्रामीण युवालाई लाभदायक रोजगारी उपलब्ध गराउन सक्नेछ । हाल, नेपालको काम गर्ने जनसंख्याको ५०५ भन्दा बढी जनसांख्यिकीय लाभांश वर्गमा छन् । जनसंख्याको यो भागले आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न र जनसांख्यिक लाभांशको उपयोग गर्न आफ्नो सीप बढाउन आवश्यक छ ।
यो नयाँ अर्थतन्त्रमा कर्मचारी र रोजगारदाता दुवै लाभान्वित भएका छन् । वास्तवमा एकातिर ठूला कम्पनीले दक्ष कर्मचारीलाई सस्तोमा राखेर काम लिइरहेका छन् र उनीहरूलाई निवृत्तिभरण, प्रोत्साहन वा अन्य सुविधा दिन कुनै बाध्यता छैन । अर्काेतर्फ श्रमिक जनसंख्याले विश्व अर्थतन्त्रमा योगदान गर्ने अवसर पाउँछन् र उनीहरूका लागि रोजगारीको उपलब्धता बढ्छ । साथै, गिग अर्थतन्त्रका कर्मचारीहरूसँग आफ्नो मनपर्ने काम गर्ने स्वतन्त्रता छ ।
तिनीहरू कुनै पनि समयमा आफ्नो जागिर छोडेर नयाँ काम गर्न सक्छन् । गिग अर्थतन्त्र महिलाका लागि पनि धेरै लाभदायक साबित हुँदैछ । वास्तवमा, सबै सामाजिक कारणहरूले गर्दा नेपालमा महिलाहरू धेरै प्रतिबन्धहरूमा छन् र उनीहरूलाई बाहिर काम गर्नबाट रोकिएको छ । यस्तो अवस्थामा गिग अर्थतन्त्रअन्तर्गत उनीहरूले घरबाटै काम गर्ने वाञ्छित विकल्प पाइरहेका छन् र महिलाहरूले पनि अर्थतन्त्रमा आफ्नो उचित योगदान दिइरहेका छन् ।
नेपालमा ‘गिग अर्थतन्त्र’ प्रवद्र्धन र प्रोत्साहनमा चुनौती
विकसित देशका अर्थशास्त्री, वैज्ञानिक र नीति निर्माताहरूले चौथो औद्योगिक क्रान्तिको बहस र पाँचौं चरणको औद्योगिक क्रान्तिबारे सोच्न र तयारी गर्न थालिसकेका छन् । हामी भने अझै पनि परम्परागत मान्यताभन्दा माथि उठेर चिन्तन गर्न सकेका छैनौं अझ भनौं पहिलो औद्योगिक क्रान्तिको बेलाको जस्तो सोच, चिन्तन र मानसिकता बोकिरहेका छौं । प्रविधि हस्तान्तरण र विस्तारको गति तीव्र छ । यस्तो अवस्थामा अमुक पक्षलाई दोष दिनुभन्दा पहिले नै विकसित हुँदै गरेका विश्वव्यापी ट्रेन्ड र नवप्रवर्तन पछ्याउन सकिएन भने प्रतिस्पर्धामा पछि परिन्छ ।
अहिले पनि नेपाली समाजमा पूर्णकालीन र स्थायी प्रकृतिको नोकरी र जागिर हुनुपर्छ भन्ने आम मान्यता रहिआएको छ । यस्तो रोजगारीबाट अप्रत्यक्ष लाभहरू–पेन्सन, स्वास्थ्य बिमा र नियमित तलब भुक्तानी मिल्छ । अर्कोतर्फ कोभिड–१९ को प्रभावले गर्दा निजी र असंगठित क्षेत्रमा कार्य गर्ने थुप्रै श्रमिक बेरोजगार हुन पुगेका छन् । भनिन्छ, हरेक समस्याले सँगसँगै समाधान पनि बोकेर ल्याएको हुन्छ । ‘जहाँ चुनौती, त्यहाँ अवसर’ भन्ने प्रचलित मान्यता नै छ । नेपालको अर्थतन्त्रमा यस्तै नयाँ प्रकृतिको अवसर स्थापित हुन खोजिरहेको छ ।
तर, सरकार धेरै रोजगारी प्रदान गर्ने यस्ता कम्पनीलाई प्रवद्र्धन र प्रोत्साहन गर्नुको साटो उल्टै कानुनको नाममा सरकारले समय–समयमा धेरै बाधा अवरोध गर्ने काम गर्दै आएको छ । यी योगदानका बाबजुद नेपाल सरकार यी कम्पनीहरूप्रति खासै सकारात्मक देखिएको छैन । जस्तै सवारी तथा यातायात ऐन २०४९ को दफा ८ (२०) मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने भन्ने कानुनी व्यवस्थाका अनुसार सरकारले समय–समयमा सार्वजनिक यातायातमा सेवा दिइरहेका टुटल र पठाओलाई कारबाही गर्ने चेतावनी दिने गरेको छ ।
त्यस्तै नेपालस्थित आईटी कम्पनीहरूलाई विदेशी मुद्रा नेपालमा ल्याउन कठिन कानुनी प्रक्रियाबाट गुज्रनु परेको छ । करको नाममा उनीहरूलाई कर कार्यालयले सास्ती दिने गरेको छ । विदेशी लगानी भएका आईटी कम्पनीहरूले नेपालबाट लाभांश लान हरेक वर्ष समस्या झेलिरहेका छन् ।
गिग अर्थतन्त्रमा काम गर्ने कर्मचारी असंगठित क्षेत्रबाट आउने भएकाले उनीहरूलाई संगठित क्षेत्रका कर्मचारीले जस्तै सुविधा (निवृत्तिभरण, जीवन बिमा, स्वास्थ्य, शिक्षा, तलब) उपलब्ध गराइँदैन जुन गिग अर्थतन्त्रको सबैभन्दा ठूलो कमजोरी हो । त्यसैले गिग अर्थतन्त्रमा काम गर्ने मानिसहरूको सामाजिक/आर्थिक असमानताहरू सधैं बढ्ने जोखिम छ ।
समयमै सम्पन्न गर्नुपर्ने भएको यो अर्थतन्त्रमा कामको दबाब एकदमै धेरै हुन्छ । यस अर्थतन्त्रमा श्रमिकहरू सामाजिक सुरक्षा र श्रम अधिकारबाट पनि वञ्चित छन् । यद्यपि कोही÷कोही तर्क गर्छन् कि नेपालको गिग अर्थतन्त्र अनौपचारिक श्रमको विस्तार हो । जहाँ श्रमिकहरूका लागि सामाजिक सुरक्षा, बिमा, आदि छैन जुन लामो समयदेखि प्रचलित छ र अनियन्त्रित छ ।
यद्यपि, गिग अर्थतन्त्रअन्तर्गत रोजगारी सिर्जना हुनु नेपालको अर्थतन्त्रको वृद्धिका लागि राम्रो संकेत हो । देशको आर्थिक मन्दी र रोजगारीको अभावलाई मध्यनजर गर्दै गिग अर्थतन्त्रलाई प्रवद्र्धन गर्न आवश्यक छ तर, त्यसमा रहेका कमीकमजोरीलाई पनि हटाउनुपर्छ । यसबाहेक, हामीले यो बिर्सनु हुँदैन कि औपचारिक वा परम्परागत कामहरूको कमीका कारण गिग अर्थव्यवस्था बढिरहेको छ ।