काठमाडौं । एमभी दुगड ग्रुपको दुगड ब्रदर्स एन्ड सन्स प्राइभेट लिमिटेडको व्यापारमा चमक आएको छ । सन् २०२१ मा कम्पनीको व्यापार ५७ प्रतिशतले बढेको छ ।
गत वर्ष दुगड ब्रदर्सले ४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले २ अर्ब ९६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
एक वर्षको अवधिमा दुगडकाे आम्दानी १ अर्ब ६८ करोड रुपैयाँले बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । सन् २०१९ मा कम्पनीले ३ अर्ब ९१ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब ५० करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
दुगड अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक हो । कोरोना महामारीका कारण सन् २०१९ मा कम्पनीको आम्दानी २४.२२ प्रतिशत घटेको जनाएको छ ।
सन् २०२१ मा १० हजार ५८ युनिट सवारीसाधन बिक्री गरी सो रकम आम्दानी गरेको हो । सन् २०२० मा ५ हजार ६८८ युनिट गाडी बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२२ सुरु भएयता ६ हजार ७०१ युनिट गाडी बेचेको छ ।
ग्रुपले सन् २०१५ मा दुगड ब्रदर्शको स्थापना गरेको हो । कम्पनीको संस्थापक मोतिलाल दुगड रहेका छन् । दुगड ब्रदर्श महिन्द्रा हेभी गाडीको नेपालका लागि अधिकृत बिक्रेता हो ।
एमभी दुगड ग्रुप अफ कम्पनीहरूको नेपालमा बलियो उपस्थिति छ । निर्माण, अटोमोबाइल व्यापार, जलविद्युत, बिमा र बैंकिङजस्ता विविध व्यवसायमा ग्रुपको संलग्नता छ ।
दुईपांग्रे सवारीका लागि २१ डिलर र एम एन्ड एम गाडीका लागि १५ डिलरसहित नेपालभर डिलर नेटवर्क स्थापना गरेको छ । साथै, कम्पनीका नेपालका विभिन्न भागमा २२ वटा आफ्नै सोरुमहरू सञ्चालनमा छन् । यसबाहेक प्याजियो पनि हो ।
दुईपांग्रे सवारी, व्यावसायिक सवारी, कृषि लगायतका विभिन्न क्षेत्रहरूमा अटोमोबाइलमा बलियो उपस्थिति छ । यस्तै ट्रेडिङलगायत विभिन्न उद्योगहरूमा ५५ वर्षभन्दा बढीको अनुभव छ ।
यो कम्पनी हाल नेपालमा महिन्द्रा अर्थ मास्टर एन्ड एसेसरिज, महिन्द्रा एन्डकाे एकमात्र आधिकारिक वितरक हो । महिन्द्रा एन्ड महिन्द्रा कम्पनीका भारी सवारीका साथै व्यावसायिक सवारी साधन र निर्माण उपकरण र प्याजियोका दुई पाङ्ग्रे सवारी साधनहरू भेस्पा र
।
कम्पनीले ४ अर्ब १५ करोड ऋणको रेटिङ गराएको छ । केयर रेटिङस लिमिटेडले ए फोर प्लस रेटिङ दिएको छ ।