काठमाडाैं । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भएअनुसार शिवम् सिमेन्टले ५ लाख बराबरको मृत्यु बिमासहित दुर्घटना जोखिम बिमा बापतको रकमहरू हस्तान्तरण गरेको छ।
यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजारभन्दा बढी निर्माणकर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बिमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बिमा माग दाबी बापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूलाई हस्तान्तरण गरेका हो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको लागि शिवम् सिमेन्टले निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाहरूका निर्माणकर्मीहरूको ५ लाख रुपैयाँ बराबरको जोखिम बिमा गराएको छ।
ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।