काठमाडौं । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरूद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो ।
विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्वदेखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरूका सहभागिता रहेको यस प्रशिक्षण २४ दिनसम्म सञ्चालन भएको थियो ।
शेर्पा हस्पिटालिटी ग्रुपका एचआर भाइस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एन्ड एडमिनिस्ट्रेसन हेड नेहा जोशी, माछापुच्छ्रे बैंकका ऋचा पाण्डे र एसियन पेन्ट्सका सुधीर ढुंगेललगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरूद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छौं र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुसी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन उहाँहरूले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सकिने छ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरि संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’
एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरूलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरूबाट पनि कसरी संस्थाले फाइदा लिन सक्छ भन्ने उद्देश्यले प्रशिक्षणमा सहभागी भएका एक सहभागीले बताए ।
प्रशिक्षणमा सहभागी भएर आफूले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीका बारेमा पनि जानकारी पाएको उनले बताए । साथै पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरूको सेवाले पनि प्रशिक्षण झनै रमाइलो भएको अर्का एक सहभागीले बताए ।
तालिमको पहिलो ब्याचको बृहत् सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ । इच्छुक व्यक्तिहरूले https://tinyurl.com/ytpuj4fr मा लग इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सकिने छ ।