एजेन्सी । पढाइलेखाइ गरेर राम्रो जागिर खाने सपना सबैको हुन्छ । झन् त्यसमा यदि करोडौं रुपैयाँबराबरको जब–पोस्ट मिल्यो भने त के नै चाहियो र !
तर, सबैलाई जागिरले महत्व राख्दैन । केही मान्छेहरु त कम्पनको टप पोस्ट छाड्न पनि हिचकिचाउँदैनन् ।
जुपिटर फन्ड म्यानेजमेन्ट पीएलसीका सीईओ एन्ड्र्यु फर्मिका यस्ता मानिसहरुमध्ये एक हुन् ।
उनले राजीनमा दिनुको कारण पनि अनौठो छ । केही नगर्ने र समुद्र किनारमा बसेर रिल्याक्स गर्ने उनको राजीनामाको कारण रहेको बताइएको छ ।
राजीनामाको कारण
५८ मिलियन डलरको कम्प्नी जुपिटर फन्ड म्यानेजमेन्ट पीएलसीमा सीईओ फर्मिकाले निजी कारणको हवाला दिँदै जागिर छाड्ने निर्णय गरेका छन् ।
ब्लुमबर्गको खबरअनुसार फार्मिक अब केही गर्न चाहँदैनन् । बरु आफ्ना बूढा बाआमासँग समय बिताउन आफ्नै देश अस्ट्रेलिया फर्किन चाहन्छन् ।
‘म समुद्र किनारमा बस्न चाहन्छु’, उनले भने, ‘अरु केही गर्न चाहन्नँ ।’
डाइरेक्टर पद पनि छाड्दै फर्मिका
ब्लुमवर्गको रिपोर्टअनुसार फर्मिका सन् २०१९ मा जुपिटर फन्ड म्यानेजमेन्ट कम्पनीसँग आबद्ध भएका थिए । र, यही वर्षको अक्टोबरदेखि सीईओसँगसँगै डाइरेक्टर पद पनि छाड्दैछन् ।
कम्पनीका प्रमुख लगानी अधिकारी (सीआईओ) मेथ्यु बेस्लीले फर्मिकाको स्थान लिनेछन् ।