काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीले कुल १ खर्ब १९ अर्ब रुपैयाँ बिमाशूल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले जेठ महिनासम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेका हुन् ।
कम्पनीहरुले एक महिना अर्थात् जेठ महिनामा मात्र २ अर्ब ५९ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका छन् भने सोही महिनामा ६ अर्ब ४८ करोड रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका हुन् ।
जेठ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले ३० अर्ब ६७ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै दोस्रोमा एलआईसी नेपाल रहेको छ । उसले यस अवधिमा १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ ।
साथै नेसनल लाइफले १२ अर्ब ७ करोड २७ लाख, राष्ट्रिय बिमा संस्थानले ७ अर्ब ४९ करोड ५१ लाख, युनियन लाइफले ६ अर्ब ९३ करोड ७ लाख, एसियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख र मेट लाइफले ४ अर्ब ७८ करोड बिमाशूल्क आर्जन गरेको छ ।
यसबाहेक सिटिजन लाइफले ४ अर्ब ६१ करोड, प्राइम लाइफले ४ अर्ब ४५ करोड, सूर्या लाइफले ४ अर्ब २५ करोड, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड, ज्योति लाइफले ३ अर्ब २१ करोड, आईएमई लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।
यस्तै, गुराँस लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५८ करोड, सानिमा लाइफले २ अर्ब ३ करोड, प्रभु लाइफले १ अर्ब ७४ करोड र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।