काठमाडौं । वान प्लस कम्पनीले आफनो नयाँ फोन वान प्लस ७टी सेप्टेम्बर २६ मा एकै पटक उत्तर अमेरिका र भारतमा लन्च गर्दैछ । कम्पनीले गत मार्चमा मात्र दुई ओटा फोन वान प्लस ७ र वान प्लस ७ प्रो विश्वबजारमा सार्वजनिक गरेको थियो । ती दुवै फोन हाल नेपालमा पनि बिक्री वितरण भइरहेका छन् ।
नेपालका लागि वान प्लस कम्पनीको आधिकारिक वितरक आई हब प्रालिले उक्त फोन नेपालमा एक महिनाभित्र आउने बताएको छ । तर, उक्त फोनको मूल्य कति पर्छ भनेर हालसम्म सार्वजनिक गरेको छैन ।
फोनमा यसअघि सार्वजनिक भएको वान प्लस ७ प्रोका राम्रा फिचरहरु पनि थपिएका छन् । यसमा ६.५५ इन्चको डिस्प्ले र १४४०ह्३१०० पिकसल्सको रेज्यूलेसन छ । यसमा क्वालकम स्नापड्रागन ८५५ प्लस प्रोसेसर छ । यसको अपरेटिङ सिस्टम एन्ड्रोइड १० हो । यसमा १२८ जीबीको स्टोरेज र ८ जीबी ¥याम छ ।
यसमा ट्रिपल ब्याक क्यामेरा सेट अप छ, जसमा रियर क्यामेरा ४८ मेगापिक्सल्सको, १६ मेगापिक्सल्सको र १२ मेगापिक्सल्सका छन् । यस्तै यसको सेल्फी क्यामेरा १६ मेगापिक्सल्सको छ । जीएसएम अरेना वेबसाइटका अनुसार यसमा नन रिमुभेवल ली पो ४०८५ एमएएच ब्याट्री छ ।
यसमा फिङ्गरप्रिन्ट, एस्सेलेरोमिटर, जाइरो, प्रोक्जिमिटी, कम्पास सेन्सरहरु छन् । यसमा डल्बी एटमस साउन्ड छ, साथै डेडिकेटेड माइकसहित एक्टिभ नोइज क्यान्सिलेसन दिइएको छ ।