पर्यटन क्षेत्रको पायोनियरको रुपमा लिइन्छ, यती समूहलाई । करिब चार दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील हुँदै आएको यती समूहले थामसेर्कु ट्रेकिङसहित दर्जनौं कम्पनी चलाइरहेको छ । यती एयरलाइन्स र तारा एयरमार्फत दुर्गमदेखि सुगम क्षेत्रमा हवाई सेवा दिँदै आएको यो समूह बेला बेलामा सरकारलाई प्रभावमा पारेर आफूअनुकूल निर्णय गराउने गरेको भन्दै विवादमा समेत तानिँदै आएको छ ।
पर्यटन क्षेत्रमा ठूलो योगदान दिँदै आए पनि यती समूह सार्वजनिक रुपमा कम खुल्ने गरेको छ । मिडियाँसँग टाढा बस्दै आएका सो समूहका अध्यक्ष सोनाम शेर्पासँग क्यापिटलका लागि प्रबन्ध सम्पादक प्रकटकुमार शिशिर र संवाददाता सुवास योञ्जनले गरेको कुराकानी :
मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर अर्थव्यवस्था खल्बलियो भन्दै सरकारसहित विपक्षी दल र निजी क्षेत्र आत्तिरहेका छन् । पर्यटन क्षेत्रलाई रिबाउन्स गरी पर्यटक भित्र्याएर डलर ल्याउन सकिन्छ, यसमा अबको पहल के हो ?
नेपालमा पर्यटन व्यवसायीहरुका लागि सरकारको कुनै सहयोग नै छैन । हाम्रा समस्याहरु समाधान गर्न त परै जाओस्, उसले कुरासमेत सुन्दैन । भन्ने बेलामा पर्यटनलाई सरकारले मेरूदण्डको रुपमा लिएका छौं भनेर कुरा गर्छन् । तर, वास्तविकता अर्कै हुन्छ । पर्यटन क्षेत्रमा सरकारको लगानी केही पनि छैन ।
धेरै वर्षपहिले हरेक वित्तीय क्षेत्रले पर्यटनमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने प्रावधान थियो । अहिले त्यो हटेको छ । पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने र विदेशीहरु धेरैभन्दा धेरै नेपालमा ल्याउने विषयमा सरकारका मन्त्रीहरु र सचिवहरुलाई कुनै चासो र चिन्ता नै छैन ।
डलर ल्याउने मुख्य स्रोत पर्यटनक्षेत्र हुँदाहुँदै पनि बेवास्ता गरिनु दुर्भाग्य हो । यसका लागि सरकारले मौद्रिक नीति ल्याउँदा होस् वा राष्ट्र बैंकले गर्ने निर्णयहरुमा, पर्यटन क्षेत्रबाट पनि प्रतिनिधित्व गराउन आवश्यक छ । यस क्षेत्रको विकासमा के–कस्तो नीति आवश्यक हुन्छ भन्ने जानकारी त तिनै व्यवसायीलाई मात्र थाहा हुन्छ ।
भिडियाे हेर्नुहाेस्ः
राम्रो नीति आयो भने बिनाठूलो लगानीमा विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र हो यो । नेपालकोे पर्यटनका लागि प्रतिस्पर्धा कुनै पनि मुलुकले गर्न सक्दैन । हिमालैहिमाल भएको मुलुकमा विदेशीहरु आउन लालायित भइरहेका हुन्छन् । तर, यहाँको नीति निर्माणकर्ताहरु भने माल पाएर पनि चाल नपाएको देखिन्छ ।
आज म पर्यटन क्षेत्रमा लागेको झण्डै ४० वर्षभन्दा बढी भइसकेको छ । अहिलेसम्म ५० जति पर्यटनमन्त्री र ६० देखि ७० सचिवहरु फेरिएको देखें । तर पर्यटन क्षेत्रको विकासका लागि भिजन भएका व्यक्तिहरु देखिनँ । उनीहरुले हामीजस्ता मान्छेका सुझाव नसुन्ने÷नमान्ने गरेको पाइयो । जसका कारण नेपाल संसारको सबैभन्दा चिप टुरिजम डेस्टिनेसनको रुपमा परिणत भएको छ ।
पर्यटन क्षेत्रको रिभाइभका लागि व्यवसायीले मात्र गरेर केही पनि हुँदैन । यसका लागि सरकार नै अग्रसर भएर लाग्नुपर्छ । सुरूमा सरकारले नीतिगत रुपमा साथ दिओस् निजी क्षेत्रले त आफ्नो क्षेत्रबाट सँधै गरिरहेकै छ ।
आज म पर्यटन क्षेत्रमा लागेको झण्डै ४० वर्षभन्दा बढी भइसकेको छ । अहिलेसम्म ५० जति पर्यटनमन्त्री र ६० देखि ७० सचिवहरु फेरिएको देखें । तर पर्यटन क्षेत्रको विकासका लागि भिजन भएका व्यक्तिहरु देखिनँ । उनीहरुले हामीजस्ता मान्छेका सुझाव नसुन्ने÷नमान्ने गरेको पाइयो । जसका कारण नेपाल संसारको सबैभन्दा चिप टुरिजम डेस्टिनेसनको रुपमा परिणत भएको छ ।
कस्तो नीतिगत व्यवस्थाको निजी क्षेत्रको अपेक्षा हो ?
नेपालमा सबै ठाउँ र क्षेत्रहरु खुला हुनुपर्छ । अहिले पनि हिमाली जिल्लाका धेरै क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा राखिएको छ । त्यस्ता ठाउँहरुमा जान लेजन अफिसर लिएर जानुपर्ने र पैसा धेरै तिरेर जानुपर्ने बाध्यताहरु छन् । आखिर किन त्यस्ता क्षेत्रहरु बन्द गरिँदै आएको छ ? हामी यो विषयमा २० औं वर्षदेखि आवाज उठाउँदै आइरहेका छौं ।
तर, कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन । डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, कञ्चनजंघा, लामाबगर क्षेत्रलाई अझै निषेधित क्षेत्रको रुपमा राखिएको छ । आखिरमा ती क्षेत्र कहिलेसम्म निषेधित राख्ने । त्यहाँका जनताले पनि पर्यटनबाट कुनै फाइदा लिन सकेका छैनन् ।
सरकारले सुरक्षाको कारण देखाउँदै ती क्षेत्रलाई निषेधित भने पनि कति समयसम्म राख्ने भन्ने प्रश्नको जवाफ दिनसक्नुपर्छ । सुरक्षाकै कारण हो भने ती क्षेत्रमा चेकपोस्टहरु राख्नुपर्छ । पर्यटकलाई दोहोरो खर्च गर्नुपर्दा त्यस्ता ठाउँमा जान रूचाउँदैनन् । त्यसैले त्यस्ता क्षेत्र खुला गरी पर्यटकलाई निर्बाध रुपमा घुम्न जान दिनुपर्छ । अर्कोतर्फ विदेशमा अहिले माई सेकेन्ड होमको अवधारणा ल्याएर विदेशीहरुलाई आफ्नो मुलुकमा बस्न दिन थालेका छन् ।
नेपालमा पनि आएर लामो समयसम्म बस्न रूचाउनेहरु धेरै छन् । यहाँको प्रकृतिसँग घुलमिल गरेर आफ्नो रिटार्यड जीवन बिताउन चाहनेहरुलाई आर्कषित गर्न सके लगानीसँगै रोजगारी पनि सिर्जना हुनसक्छ । यस्ता विषयमा सरकारको नीति खोई ?
पर्यटनको विषयमा नेपालले नै भुटानलाई सिकाएको हो । अहिले भुटान पर्यटन क्षेत्रको विकासमा कहाँबाट कहाँ पुगिसकेको अवस्था छ । नेपाल भने जहाँको तही“ छ । अब त नेपालले पो भुटानबाट सिक्नुपर्ने बेला आएको छ । पर्यटन विकासका लागि भिसा फ्री गरेर मात्र पर्यटक नेपालमा आउँछन् भन्ने मानसिकता गलत हो । भिसाको अझै बढी शुल्क लिनुपर्छ । तर, नेपाल आइसकेपछि उनीहरुलाई बसोबासदेखि घुमघाममा जाने क्षेत्र राम्रो बनाइदिनुपर्छ । तर, सबै विषय उल्टो भएको छ ।
सरकारले तत्कालै चाल्नुपर्ने कदमचाहि के हो त ?
राष्ट्र बैंकले पर्यटनमा लगानी गर्न कुन क्षेत्रबाट कति डलर आएको छ भन्ने कुराको विषेश अध्ययन गर्न आवश्यक छ । त्यसका आधारमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने खालका नीतिनियम ल्याउन आवश्यक छ । लगानीकर्ताले ७ प्रतिशत ब्याजदरमा भनेर प्रोजेक्ट बनाउँछ पछि १४÷१५ प्रतिशत बनाइदिन्छ । बैंक भनेको नाफा खाने संस्था हो । उसको नाफामा तलमाथि भयो भने राष्ट्र बैंकले हस्तक्षेप गर्छ र सरकारले जिम्मा लिन्छ ।
तर, कोभिडका कारण तहनहस भएको पर्यटन क्षेत्रलाई कही“बाट कुनै सहयोग छैन । ऋण र ब्याजलाई केही वर्षका लागि थामथुम गरेको बाहेक अरु केही भएन । पर्यटन क्षेत्रमा हजारौं कर्मचारीहरु आबद्ध थिए । उनीहरुलाई सरकारले कोभिडको बेलामा के सहयोग ग¥यो त ? हरेक कम्पनी समस्यामा पर्दा त्यस बेला सरकारले के ग¥यो ? राज्यले २० प्रतिशत पनि सहयोग गरेन ।
अर्कोतर्फ नेपाल एयरलाइन्सलाई राम्रो ट्र्याकमा ल्याउन आवश्यक छ । राजनीतिक भर्तीकेन्द्र र भ्रष्टाचारको अखडाको रुपमा मात्र विकास गर्न हुँदैन । कुनै समय नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक पनि नेपाल एयरलाइन्सजस्तै धराशायी थिए । तत्कालीन सरकारले बाहिरी मुलुकबाट मान्छेहरु ल्याएर व्यवस्थापनको जिम्मा दिई कमजोर बैंक निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने भइसकेको छ । नेपाल एयरलाइन्सलाई पनि त्यही अवस्थामा ल्याउन किन सरकारका मान्छेहरु लागिपर्दैनन् ? विदेशीहरुलाई व्यवस्थापनको जिम्मेवारी दिएर प्रतिस्पर्धी बनाउनुपर्नेमा उल्टै ४ वटा जहाजले उडान गरेर आर्थिकभार थप्दै आइरहेको छ ।
हाम्रै नेतृत्व रहेको हिमालय एयरलाइन्सले ६ वर्षमा ४ वटा जहाज पु¥याइसकेका छौं । यो पनि देशकै सम्पत्ति हो । यसमा धेरैले रोजगारी पाइरहेका छन । ट्याक्स तिरिरहेका छौं । खाडी मुलुकमा जाने दाजुभाइहरुलाई सस्तो र सुलभदरमासेवा दिँदै आएका छौं । नेपालमा लामो समयदेखि पर्यटक आउन सुरू गरे पनि सोचेजस्तो संख्या भित्रिन अझै सकिरहेको छैन ।
अहिलेसम्म धेरै पर्यटक आएको संख्या हेर्दा १२ लाखको हाराहारीमा छ । के कारणले पर्यटक धेरै नेपालमा नआएकाजस्तो लाग्छ ? पूर्वाधार नभएर, सरकारी नीति राम्रो नभएर कि प्रचारप्रसार कम भएर ?
पहिलो कुरा त पर्यटकका लागि नेपालमा पर्याप्त पूर्वधार छैन । त्यस्तै अर्को कुरा यहाँ आउन सहज माध्यम नै छैन । अहिले जति पनि विदेशी एयरलाइन्सहरुले नेपालमा उडान गरिरहेका छन्, तिनीहरु त यहाँ व्यापार गर्न आएका हुन् ।
उनीहरुले नेपालीलाई सहयोग गर्न आएका होइनन् । ती एयरलाइन्सले जति धेरै विदेशीहरु नेपाल आउन चाहन्छन्, त्यति नै भाडा बढाउँदै जान्छन् र कम हुँदै गएपछि नेपालमा उडान नै बन्द गरिदिन्छन् । त्यसैले नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको अर्को विकल्प नै छैन । एक साथ १० वटा जहाज खरिद गरेर सबै गन्तव्यमा उडान गर्ने हो भने विदेशीहरु सहजै नेपाल आउन सक्छन् ।
राम्रो नीतिनियम बनाएर जहाज खरिद गर्न सके १० लाख के वर्षमा ३० लाखभन्दा बढी पर्यटक आउन सक्छन्, आउन पनि तयार छन् । यसमा नेपाल सरकारले कुनै प्रचार नै गर्नुपर्दैन । निजी क्षेत्रले नै विश्वभरि नेपालको विषयमा जानकारी पु¥याइसकेको छ । मात्र, उनीहरुलाई नेपाल सहज रुपमा आउने माध्यम बनाइदिए पुग्छ ।
यसैमा जोडेर भन्दा भारतलगायत अन्य मुलुकभन्दा नेपालको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ चार्ज एकदमै महँगो भएको देखिन्छ । विमानस्थलको अरु व्यवस्थापन पनि सन्तोषजनक छैन । यसले पनि पर्यटकलाई केही असर गरेको हो कि ?
विमानस्थलको व्यवस्थापन गतिलो छैन । शुल्क महँगो भएकै हो । यसले पनि असर गर्छ । मैले बारम्बार सरकारलाई भन्दै आएको विषय भनेकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छवि नै राम्रो भएन भन्ने हो । मैले जहिले पनि पर्यटनमन्त्री र सचिवहरुसँगको भेटमा राखेको प्रस्ताव नै अन्तर्राष्ट्रिय शब्द हटाएर त्रिभुवन विमानस्थल मात्र राखौं भन्ने गरेको छु । यो विमानस्थलमा अन्तर्राष्ट्रियअन्तर्गत हुनुपर्ने कुनै पनि मापदण्ड पूरा भएको छैन । यसले अन्तर्राष्ट्रियको बेइजत मात्र गरिरहेको छ ।
विमानस्थलको राम्रो व्यवस्थापन सरकारले गर्न सक्दैन भने निजी कम्पनीलाई जिम्मेवारी दिए हुन्छ नि ! छिमेकी मुलुक भारत र चीनका अन्तर्राष्ट्रिय विमानस्थलहरुको अवस्था र नेपालको विमानस्थलको अवस्था हेर्दा आकाश–पातालकै फरक छ । कुनै समय संसारकै सबैभन्दा नराम्रो विमानस्थल भनिने दिल्ली एयरपोर्ट अहिले उत्कृष्ट १० मा पर्छ ।
र, अर्को कुरा, नेपालको विमानस्थलभित्र रहने अध्यागमन विभागका कर्मचारीहरुको हालत पनि उस्तै छ । कुनै जोसजाँगर र उत्साह भएका देखिँदैनन् । खाली अवकाशका लागि दिन कटाउन गएको मात्रै देखिन्छ । अंग्रेजी राम्रोसँग लेख्न/बोल्न नस्कनेलाई विमानस्थलको जिम्मा दिएर पर्यटकमा ‘फस्र्ट इम्प्रेसन‘ नै ‘ब्याड’ पर्ने गरेको छ । अध्यागमन विभाग स्मार्ट बनाउनुपर्नेमा भद्रगोल बनाइएको छ । यसले पर्यटकहरुको नेपालप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ ।
विदेशी पर्यटकलाई ल्यान्डिङ र पार्किङ शुल्क महँगो/सस्तोभन्दा पनि विमानस्थलभित्र प्रवेश गरेपछिको वातावरणले दिक्क बनाइदिन्छ । त्यसका लागि सरकार सबैभन्दा पहिला विमानस्थलको सुधारमा लाग्नुपर्छ । सक्षम व्यक्तिलाई विमानस्थलको जिम्मा दिई पर्यटकलाई स्मार्ट तरिकाले स्वागत गर्ने वातावरण बनाउन सके बाँकी काम निजी क्षेत्रले गर्छ । त्यसैले विमानस्थलको शुल्कभन्दा त्यहाँको सेवाको गुणस्तर कस्तो छ भन्ने कुरा ठूलो हो । यसमा ध्यान दिन आवश्यक छ ।
विदेशी पर्यटकलाई ल्यान्डिङ र पार्किङ शुल्क महँगो/सस्तोभन्दा पनि विमानस्थलभित्र प्रवेश गरेपछिको वातावरणले दिक्क बनाइदिन्छ । त्यसका लागि सरकार सबैभन्दा पहिला विमानस्थलको सुधारमा लाग्नुपर्छ । सक्षम व्यक्तिलाई विमानस्थलको जिम्मा दिई पर्यटकलाई स्मार्ट तरिकाले स्वागत गर्ने वातावरण बनाउन सके बाँकी काम निजी क्षेत्रले गर्छ । त्यसैले विमानस्थलको शुल्कभन्दा त्यहाँको सेवाको गुणस्तर कस्तो छ भन्ने कुरा ठूलो हो । यसमा ध्यान दिन आवश्यक छ ।
पर्यटकको आगमन दरलाई हिसाब गरेर भन्दा अर्बौ रुपैयाँ लगानी गरी निर्माण भएको गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ऋण कहिले तिरिसकिएला ? यसरी अर्बौंको लगानीमा विमानस्थल निर्माण हुन सरकारको दूरदर्शीता नभएको हो वा पूर्वाधार निर्माण हुनु ठीकै कुरा हो ?
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक एयरलाइन्सका लागि मात्र ठीक हुन्छ । प्राविधिक रुपमा धेरै समस्या छ सो विमानस्थलमा । साना जहाजकै उडान सहज नभइरहेका बेला ठूला जहाज सञ्चालन गरी अन्तर्राष्ट्रिय उडान भर्ने सम्भावना न्यून छ । यसमा सरकारले कुनै तयारी र अध्ययनबिनै गरेको लगानी हो । यही खालको समस्या गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखिएको छ ।
अहिलेसम्म भारतले सो विमानस्थलका लागि हवाई रुट दिएको छैन । हवाई रुट नै टुंगो नलगाई विमानस्थल बनाउने सरकारी निकायका व्यक्तिहरुको अबुझपनले समस्या हुँदै छ । हुन त यो कुरा मैले भन्दा विवादित हुन पनि सक्छ । तर, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि योग्य छैनन् ।
नेताहरुले राजनीति गर्नकै लागि अनावश्यक ठाउँमा विमानस्थल बनाउँदै हिँडेका छन् । जहाँ आवश्यकता नै छैन त्यस्ता ठाउँमा विमानस्थल बनाइदिँदा राज्यको अर्बौं रुपैयाँ त्यतिकै खेर गइरहेको छ । विमानस्थल भनेको त जहाँ सडक पूर्वाधार पुग्दैन त्यस्ता ठाउँमा बनाउनुपर्ने हो । तर, यहाँ त जहाँ ठूला नेता गए, त्यही“ विमानस्थल बनाइदिने प्रचलन छ, जुन गलत हो ।
विमानस्थल बनाएपछि प्रमोसन पनि सरकारले नै गर्नुपर्छ । यो विमानस्थल बन्यो र यहाँ यस्ता–यस्ता सुविधाहरु दिन्छौं भनेर एयरलाइन्सहरुलाई भन्नुपर्ने हो । व्यवसायीहरु त व्यापार गर्न आएका हुन् । सामाजिक सेवाका लागि एयरलाइन्स चलाएका त हैनन् ।
व्यवसायीले जहाँ फाइदा पुग्छ त्यहाँ उडान गर्ने हो । त्यसैले अहिले राजनीतिक दलका नेताहरुले क्षणिक चर्चाका लागि बिनाअध्ययन विमानस्थल बनाउँदै हिँडेको देखिन्छ । बरू विमानस्थलको सट्टा अस्पताल, पर्यटकीय पूर्वधारहरु निर्माण गर्नुपर्छ ।अहिले मेरै जिल्लामा जहाँ १ घण्टाको दूरीमा पुग्न सकिन्छ त्यहाँ ४ वटा विमानस्थल छन् ।
युक्रेन र रूसबीच अहिले पनि लडाइँ जारी छ । युरोपबाट नेपालमा आउने पर्यटक पनि उल्लेख्य थिए । दुई देशको लडाइँले नेपाल आउने पर्यटकहरुको मनोविज्ञानमा कस्तो प्रभाव पार्ला ? साथै भारत र चीनका पर्यटक नेपालमा तान्न नसक्दा हामी कस्तो मारमा पर्न सक्छौं ?
युरोपबाट नेपाल आउने पर्यटकलाई दुई देशको युद्धले असर गर्छ नै । त्यसको प्रभाव देखिँदै पनि छ । युरोप त टाढा हो । हामीले त छिमेकी मुलुकबाट पर्यटक भित्र्याउन पनि योजनाबद्ध पहल गरेका छैनौं । हाम्रोजस्तो सानो मुलुकमा भारत र चीनका पर्यटकहरु मात्र आए भने पनि थेग्न सक्दैनौं ।
त्यसका लागि ती दुई मुलुकमा हाम्रो देशले निर्वाह गर्ने भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । भारत र चीनमा रहेका हाम्रा राजदूतहरुले पर्यटक नेपालमा पठाउनका लागि भूमिका खेल्नुपर्छ । अहिलेसम्म त्यस किसिमको प्रयास गरेको पाइँदैन ।
दुई देशबीच सहमति गरेर विश्व पर्यटन बजारमा निस्कने संख्याको १० प्रतिशत मात्र चीन र भारतले नेपालमा पठाउने हो भने अरु मुलुकको भर पर्नु नै पर्दैन । तर, दुई मुलुकबीच समन्वय गर्ने राजदूतहरुले त्यो किसिमको भूमिका नै खेलेको पाइँदैन । उनीहरुले खाली राजनीतिक स्वार्थपूर्तिका लागि मात्र काम गरेको पाइन्छ ।
पर्यटकका लागि नेपालमा आवश्यक पूर्वाधार र वातावरण नै नभएको बुझाइ छ । यहाँ राति १० बजे नै सबै क्षेत्र बन्द हुन्छ भने विमानस्थल पनि बन्द हुन्छ । सबै निकायबाट पेलिने क्षेत्र नै पर्यटन भएकाले पनि यहाँ उनीहरु चाहेर पनि आउँँदैनन् । नेपालका भन्दा झुर गन्तव्यहरुमा अहिले पनि लाखौं पर्यटकहरु गइरहेका छन् । यस विषयमा सरकारी कर्मचारीहरुले कहिल्यै पनि सिरियस भएर सोचेनन् ।
यती ग्रुपले लामो समयदेखि एयरलाइन्स, होटल, ट्राभल, ट्रेकिङ क्षेत्रमा लगानी गर्दै आएको छ । यो समयसम्म आइपुग्दा तपाईंहरु आफ्नो पेसा–व्यवसायप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टको त कुरै छाडौं पर्यटन क्षेत्रमा प्रवेश गरेर ठूलो गल्ती गरेछौं भन्ने लाग्छ । पर्यटन क्षेत्रको विकाससँगै दुर्गम क्षेत्रसँग हवाई यातायातलाई जोड्यौं ।
जोखिम मोलेर हालसम्म निरन्तर रुपमा दुर्गम क्षेत्रमा हवाई उडान भर्दै आएको छ । १८ वर्षदेखि तारा एयरले घाटा खाएरै भए पनि निरन्तर रुपमा कर्णाली प्रदेशमा उडान भर्दै आएको छ । यी कुरा कर्णालीवासीहरुले बुझ्नुहुन्न । र, सरकारले पनि बुझ्ने प्रयास गरेको छैन ।
लगानीकै कुरा गर्दा नेपालमा एयरलाइन्स, होटल र ट्रेकिङ–ट्राभल क्षेत्रमध्ये सबैभन्दा बढी जोखिम र कम जोखिम कुन हो जस्तो लाग्छ ?
एयरलाइन्स सबैभन्दा जोखिमयुक्त क्षेत्र हो । प्रविधिसँग र प्राविधिक सावधानी अपनाएर गरिने बिजनेस भएकाले धेरै जोखिम छ । होटल र अन्य जोखिम कम भएको क्षेत्र हो । एयरलाइन्सकै कुरा गर्दा ३० देखि ४० वटा एयरलाइन्सहरु आए र ती सबै पलायन पनि भए । अहिले फेरि नयाँनयाँ एयरलाइन्सहरु आइरहेका छन् । यो निरन्तर रहोस् भन्ने कामना हो ।
एयरलाइन्स बिजनेस ग्लामर्र्सजस्तो देखिएकाले पनि धेरै मानिस यतातिर आकर्षित भएका देखिन्छन् । यस्तै अर्कोथरी भनेका अरुको देखेर आउनेहरु हुन् । तर, यहाँ अनुभव भएका व्यक्तिहरु कमै आउने गरेका छन् । हामीलाई पनि पहिले–पहिले एयरलाइन्स क्षेत्रमा लगानी गरेर गल्ती गरियो कि भन्ने भान हुन्थ्यो र अहिले पनि हुन्छ । पर्यटन विकासका लागि एयरलाइन्स अतिआवश्यक क्षेत्र हो । सोही कारण पनि अहिलेसम्म निरन्तरता दिँदै आएका हौं ।
हिमाली जिल्लाबाट आएको व्यक्ति भएकाले त्यस क्षेत्रका जनतालाई यातायातको सुविधा दिनकै लागि भए पनि हामीले हाम्रा उडानहरुलाई निरन्तरता दिँदै आएका हौं । यहाँ हामीले जति कमाएका छौं, सबै लगानी गरेका छौं ।
मेरो घर सोलुखुम्बु हो । सोलुखुम्बुमा जति विकास भएको छ त्यो त्यही“का स्थानीयहरुले गरेका हुन् । सरकारले कुनै सहयोग गरेको छैन । बिजुलीबत्तीसमेत त्यहाँ पुगेको छैन । सदरमुकामसम्म सडक पुगेको छ । तर, त्यहाँबाट हाम्रो घरतिर जान ५ दिनको पैदलयात्रा गर्नुपर्छ । विदेशीहरुको सहयोगमा सोलार जडान गरिएको छ । तैपनि सबै गाउँलेले उपयोग गर्न पाएका छैनन् । त्यहाँका हरेक घरमा होटल बनेको छ । रोजगारी बढेको छ ।
सरकारले गर्ने सबै काम मैले गरेको छु । त्यहाँबाहेक अन्य हिमाली तथा तराईका जिल्लामा पनि सेवा दिँदै आएको छु । यसमा मैले कुनै नाफा हेरेको छैन । मात्र सेवाको भाव छ । यो भाव कसरी स्वार्थसँग जोडिन्छ र ?
संसारभरको ट्रेन्ड हेर्ने हो भने एयरलाइन्सको बिजनेस राम्रो छैन भन्ने नै छ । केही समस्यामा परेर बन्द भएका घटनाहरु पनि छन् । नेपालमा पनि बेला बेलामा नयाँ एयरलाइन्स थपिनु र बन्द हुँदै जानाको कारण के होला ? यो ग्लामर्समा उनीहरु किन छिर्न खोज्छन् ?
नयाँ व्यवसायीलाई एयरलाइन्स बिजनेसको बारेमा यहाँ लगानी गरेपछि डुबिन्छ भन्ने ज्ञान नै छैन । यो क्षेत्रमा लगानी गर्नुभन्दा अरु नै क्षेत्रमा गर्नू भनेर हामीले लामो समयदेखि भन्दै आएको छौं । मैले मेरै समुदायका केही व्यक्तिहरुलाई पनि भनेको छु । एभिएसन क्षेत्र भनेको निल्नु न ओकल्नुजस्तो हो । तर, उनीहरुले कुरा मानेनन् । उल्टै आफूले मात्रै एकछत्र राज गर्न खोजेको भन्ने आरोप लगाए । पछि व्यवसाय डुबेपछि भने तपाईंले भन्नुभएको कुरा ठीक रहेछ भनेर भन्न लागे ।
२५ वर्षदेखि हवाई सेवा सञ्चालन गर्नु कम्ती चुनौतीको विषय हैन । भारतमै हेर्ने हो भने एयर इन्डियालगायतका धेरै एयरलाइन्स कम्पनीहरु बन्द भएका छन् । यो बिजनेस भनेको विश्वकै सबैभन्दा बढी चुनौती र जोखिममूलक हो । यति हुदाहुँदै पनि नेपालका दुर्गम क्षेत्रमा विदेशी र अन्य एयरलाइन्सहरु जाँदैनन् । उनीहरुलाई जबर्जस्ती रुपमा जा भन्न पनि मिल्दैन । त्यसैले दुर्गम जनताको सेवाबाट माया मार्न नसकेरै हामीले उडानलाई निरन्तरता दिँदै आएका हौं ।
सरकारले गर्ने सबै काम मैले गरेको छु । त्यहाँबाहेक अन्य हिमाली तथा तराईका जिल्लामा पनि सेवा दिँदै आएको छु । यसमा मैले कुनै नाफा हेरेको छैन । मात्र सेवाको भाव छ । यो भाव कसरी स्वार्थसँग जोडिन्छ र ? संसारभरको ट्रेन्ड हेर्ने हो भने एयरलाइन्सको बिजनेस राम्रो छैन भन्ने नै छ । केही समस्यामा परेर बन्द भएका घटनाहरु पनि छन् । नेपालमा पनि बेला बेलामा नयाँ एयरलाइन्स थपिनु र बन्द हुँदै जानाको कारण के होला ? यो ग्लामर्समा उनीहरु किन छिर्न खोज्छन् ?
तपाईहरु भन्नुहुन्छ– पर्यटन क्षेत्रमा लगानी गरेर केही फाइदा लिएका छैनौं, यो क्षेत्रमा बेर्थै आएछौं । तर, तपाईहरुकै कम्पनीलाई बेला बेलामा लाग्ने आरोप भनेकै राज्यबाट सबैभन्दा बढी सुविधा लिएको भन्ने आउँछ । यस्तो आरोपहरु किन लाग्छ ?
राज्यबाट हामीले कसरी सुविधा लिएका छौं ? विभिन्न बैंकहरुसँग ऋण लिएर व्यापार गरिरहेका छौं । हामी अहिले जुन अवस्थामा छौं, त्यो सबै हाम्रै बलबुतामा भएको हो । यहाँ राज्यको कुनै सहयोग छैन र कुनै व्यक्तिको आशीर्वाद पनि छैन । राज्यको कुनै सम्पत्ति अपचलन पनि गरेका छैनौं । हाम्रो पछि लागेको भनेको केही मिडिया मात्र हो । मिडिया पनि कुनै समूह र व्यक्तिमार्फत परिचालन भएको हो ।
हरेक राजनीतिक दलका नेताहरुले पनि भाषामा राष्ट्रिय पुँजीवाद र दलाल पुँजीवाद भन्दै आएका छन् । ती राजनीतिक दलले नै छुट्याउनु प¥यो कि को–को राष्ट्रिय पुँजीवाद र को दलाल पुँजीवाद हो । जनतालाई भ्रममा राखेर झुटको खेती गर्नेहरु यहाँ धेरै छन् । यही समस्या हामीलाई पनि परेको छ ।
जोे दुःख गरेर यहाँसम्म आएको छ उसकै पछाडि विभिन्न बिजनेस हाउस, व्यक्ति र मिडिया लागेका छन् । हामीलाई सिध्याउनकै लागि विभिन्न किसिमका आरोपहरु लगाए । तर, कुनै गल्ती नगरेकाले टिकिरहेका छौं । हामी काम गर्ने मान्छे हौं । राज्यको एउटा सिन्को पनि हामीलाई सित्तैमा चाहिँदैन । र, राज्यको सम्पत्तिमा आँखा लगाउन आवश्यक नै छैन ।
यसरी भएको चौतर्फी विरोधले तपाईंहरुलाई बलियो बनायो कि कमजोर ?
हामीलाई त्यो घटनाले केही भएन । झन् बलियो बनाएको छ । केही जनताको बुझाइमा हामी गलत हौं कि भन्ने सन्देश गयो होला । तर, धेरैले हाम्रो विषयमा बुझेका छन् र कतिले बुझ्ने मौका पनि यही घटनाबाट पाएका छन् । हामीलाई राज्यको एक इन्च जग्गा पनि निःशुल्क चाहिएको छैन । र, सस्तोमा लिएका पनि छैनौं ।
नेपालमा यती ग्रुपपछि बतास समूह पनि सरकारी जग्गाको विषयमा विवादमा प¥यो । के नेपालमा सरकारी जग्गा भाडामा लिएर व्यवसाय गर्ने वातावरण हराउँदै गएको हो ?
भविष्यमा सरकारको जग्गा कसैले पनि भाडामा लिएर व्यवसाय चलाउन सक्दैन । प्राइम ठाउँमा निःशुल्क नै दिए पनि मेरो कम्पनीले त्यो जग्गा लिँदैन । अहिले हाम्रैजस्तो समस्या बतास समूहलाई पनि परेको हो । नेपाल ट्रस्टको दरबारमार्गको जग्गामा बनाएको मलले सबैभन्दा बढी ३८ आना जग्गालाई महिनाको ५० लाख रुपैयाँ भाडाबापत दिँदै आएको छ ।
अरु कोही मान्छे आएर यसको आधा मात्र रकम सरकारलाई दिन तयार छु भनेर आएमा म सित्तैमा दिन तयार छु । दरबारमार्गमा मैले बनाएको मल वरिपरिको संरचना कस्तो छ ? मान्छे हिँड्ने बाटोमो टायल बिच्छ्याएका छौं । हामीसँग भिजन छ, त्यहीअनुसार काम गर्छौं । साथै हामीबाट अरुले पनि सिकून् भन्ने चाहना राख्छौं । हामी कुनै ठग होइनौं । ठग त हामीलाई आरोप लगाउने र हाम्रो कुरा काटेर पिछा लाग्नेहरु हुन् ।
तपाईहरुलाई आरोप लगाएर अरुले फाइदा लिन खोजेको भन्ने ग्रुप वा व्यक्तिको पहिचान गर्नुभएको छ ?
पहिचान त त्यही बेला भएको हो, जुन बेला हाम्रा विरुद्धमा समाचार आउन थालेका थिए । काठमाडौं सहर सानो छ, यत्रो ठाउँमा कसले कसलाई के भन्यो र के गर्दैछ भन्ने जानकारी त तत्कालै पाइहालिन्छ नि ! एउटा व्यक्तिलाई ६ महिनासम्म लखेट्न ठूलै रकमको चलखेल गरेर बिजनेस ग्रुप पछि लागेको थियो ।
राजनीतिक खिचातानीले नयाँ लगानी गर्न कत्तिको समस्या छ ? लगानीमा सरकार परिवर्तन भइरहने समस्याले असर पुर्याउछ,पुर्याउदैन ?
सरकार जाने आउने हाम्रा लागी बानी नै परिसक्यो । अब त हामी कसको सरकार आयो र कसको गयो भन्नेमा ध्यान नै दिँदैनौं । मात्र हामी देशमा शान्ति र स्थायित्व होस् भन्ने चाहना राख्छौं । पर्यटन क्षेत्रको विकासका लागि सरकारले विषेश ध्यान देओस्, हामीले कमाएको विदेशी मुद्रा सही ठाउँमा सदुपयोग होस् भन्ने चाहना मात्र हुन्छ ।
यती ग्रुपलाई कुनै पार्टीनिकट रहेको भन्ने आरोप पनि लाग्ने गरेको छ । यसमा वास्तविकता के–कति हो ?
व्यक्ति त जोसँग पनि नजिक हुन्छन् । हामी व्यापारी मान्छे भएकाले सबै पार्टीका मान्छेहरुसँग नजिक हुन्छौं । त्यसमाथि हामी शेर्पा, गाउँबाट आएको भएकाले राजनीतिक दलका व्यक्तिहरुको नजिक हुनु हाम्रो बाध्यता हो । बाहिर मुलुकमा हो भने को नेता भन्ने कसैलाई थाहा र मतलब हुँदैन । तर, यहाँ त तिनै राजनीतिक दलका नेतालाई साथमा लिनुपर्ने बाध्यता हुन्छ । त्यसैले हाम्रो संगत एउटा पार्टीसँग मात्र होइन, सबैसँग राम्रो छ ।
धेरै जसो बिजनेसम्यानहरु राजनीतिमा आइरहेका छन्, तपाईंको योजना के छ ?
राजनीतिमा सक्रिय हुने कुनै चाहना छैन । अब रिटायर्ड हुने बेला भएको छ । नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरेर अभिभावकको भूमिकामा रहने सोच बनाएको छु । अहिले म ६२ वर्षको भए । ६५ वर्ष पुगेपछि रिटायर्ड हुन्छु । त्यो बेला पर्यटन क्षेत्रमा काम गरेको ५० वर्ष हुन्छ । १५ वर्षको उमेरदेखि नै काम गरेको मान्छे हुँ ।
अहिले धेरै कम्पनी र व्यवसायले पब्लिकमा जाने र आईपीओ जारी गर्ने गर्न थालेका छन् । यती एयरलाइन्स र यती ग्रुपले यस विषयमा केही सोचेको छ ?
अब नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरेपछि उनीहरुले त्यही खालको सोच राखेका होलान् । उनीहरुले अध्ययन र लगानी विस्तार गरी आईपीयो नखोल्लान् भन्न सकिँदैन । यसका लागि केही समय लाग्छ । सेयर बजारमा पनि विकृति छ । हाइड्रो क्षेत्रमा आयोजना नै निर्माण सम्पन्न नहुँदै सेयर जारी गरेर सर्वसाधारणलाई झुक्याउने काम हुन्छन् । तर, मेरो कम्पनीले यस्तो खालको कुनै झुटको खेती नगरोस् भन्ने चाहना राखेको छु ।
यति ग्रुपले पर्यटनसँगै अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्न लागेको हो ?
एकै क्षेत्रमा मात्र लगानी गर्नुभन्दा केही फरक क्षेत्रमा पनि लगानी विस्तार गर्ने सोचेका छौं । ७ वर्ष अघिदेखि दोलखाको खानी खोलमा सासा हाइड्रोपावर निर्माण गरिरहेका छौं । ३० मेगावाट विद्युत् क्षमता भएको सो आयोजनाबाट सेप्टेम्बरमा बत्ती बाल्ने योजना बनाएका छौं । यसमा हाम्रो मात्र लगानी छैन, केही ग्रुपहरुसँग मिलेर काम गरेका छौं ।
विदेशीसँग लामो समयसम्म पारर्दर्शी रुपमा काम गर्दै आएको मान्छे हाइड्रो क्षेत्रमा प्रवेश गर्दा धेरै समस्याहरु देखें । कुनै पनि लगानीकर्ताले लगानी गर्ने ठाउँमा आवश्यक पूर्वाधारहरु त सरकारले बनाइदिनुपर्ने हो । तर, हाइड्रोपावर बनाउनेहरु आफंैले सडक निर्माण गर्नुपर्ने, गाउँलेको समस्या समाधान गरिदिनुपर्ने र हुँदाहुँदै ट्रान्समिसनको समस्यासमेत समाधान गर्नुपर्ने बाध्यताहरु रहेछ । जबकि यो सबै काम सरकारले गर्नुपर्ने हो ।
साथै हावादारीमा खोलाको लाइसेन्स बाँड्ने प्रवृत्ति बढेको छ, जुन अपराध हो । बाहिरी मुलुकमा हो भने यस्ता मान्छेहरु जेल नै जान्छन् । जो मान्छे लगानी नै गर्दैन, उसले १० रुपैयाँमा बन्ने आयोजनालाई १०० रुपैयाँ पु¥याइदिन्छ । सबैमा कमिसनको चक्कर ! यसमा पनि सरकारको कमजोरी छ । जहाँ बिजुली नै उत्पादन भएको छैन, तिनै आयोजना आईपीओमा पठाउने गरेको छ । यो कस्तो सिस्टम हो कुन्नि ! जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्दा त मलाई त सिनेमा हेरेजस्तो पो भयो ।
एकै क्षेत्रमा मात्र लगानी गर्नुभन्दा केही फरक क्षेत्रमा पनि लगानी विस्तार गर्ने सोचेका छौं । ७ वर्ष अघिदेखि दोलखाको खानी खोलमा सासा हाइड्रोपावर निर्माण गरिरहेका छौं । ३० मेगावाट विद्युत् क्षमता भएको सो आयोजनाबाट सेप्टेम्बरमा बत्ती बाल्ने योजना बनाएका छौं । यसमा हाम्रो मात्र लगानी छैन, केही ग्रुपहरुसँग मिलेर काम गरेका छौं ।
होटलमा पनि लगानी विस्तार गर्दै हुनुहुन्छ ?
हिमाली जिल्लामा अझै पनि होटल बनाउने रहर छ । मनाङ, अन्नपूर्ण, एभरेस्ट लगायतका हरेक जिल्लामा सानो लगानीमा साना–साना होटल बनाउने तथा रिसोर्टको रुपमा नयाँ ब्रान्ड माउन्टेन लज अफ नेपालको चेन होटलको रुपमा विस्तार गर्ने योजना छ । अहिले हामीसँग यो ब्रान्डमा १७ वटा होटल सञ्चालनमा छन् ।
आङछिरिङ शेर्पाको जुन घटना घट्यो, तपाईंहरुलाई सधैं सम्झना त भइहाल्छ । व्यावसायिक वृत्तमा यति बेला छिरिङ जीवितै भएका भए हाम्रो व्यवसाय यहाँसम्म पुग्थ्यो र यसो गरिन्थ्यो होला भनेर कहिल्यै अभाव खड्किएको छ ?
पारिवारिक बिजनेस भएकाले उसको अभाव त सधैं नै भइहाल्छ । पहिले ऊ सक्रिय हुँदा म अगाडि नदेखिने गरी काम गरें । त्यस बेला हामी दुवै जना फ्रन्ट लाइनमा बसेर काम गर्न पाएको भए अझै राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ ।
भाइ हो, परिवारमा सधैं मिस त भइहाल्छ नि ! सम्झेर मात्र के गर्नु र ?
केही समयअघि मात्र तारा एयरको जहाज दुर्घटना भएको छ ? किन तपाईंहरुको जहाज बारम्बार दुर्घटनामा पर्छ ?
जहाज दुर्घटना हुनु आफैंमा दुखद विषय हो । यो हामीले चाहेर मात्र हुने होइन । सावधानी अपनाउँदा अपनाउँदै त्यस्ता घटनाहरु घट्छन् । नेपालको भूबनोट नै जोखिमयुक्त छ । त्यसमाथि तारा एयरको उडान पनि जोखिम मोलेर दुर्गम क्षेत्रमा उडान गर्ने भएकोले केही जोखिम त हुन्छ नै ।
जोखिम छ भन्ने थाहाँ पाउँदापाउँदै पनि नउडाइ बस्दा कर्णाली क्षेत्र र दुर्गम क्षेत्रमा कसले सेवा दिन्छ ? हामीले त्यो क्षेत्रमा नाफामुखीभन्दा सेवामुखी भावले उडान गर्ने गरेका छौं । जोखिमयुक्त क्षेत्रमा उडान गरिरहँदा सरकारले त्यस क्षेत्रका लागि आवश्यक पूर्वधार निर्माणमा चासो देखाएको छैन ।
जोमसोम उडानका क्रममा बीचबीचमा जहाजको नेटवर्क छुट्छ । यो कुरा त पहिलेदेखि नै सरकारलाई थाहा छ । तर, त्यसको न्यूनीकरणका लागि काम गरेको पाइँदैन । जहाज दुर्घटना हुनुमा एयरलाइन्स र पाइलटको मात्र दोष हुन्न, सरकार पनि दोषी छ । त्यसका लागि सरकारले पूर्वधारहरु निर्माण तत्कालै गर्नुपर्छ । योसँगै केही समयअघि भएको घटनाको छानबिन भइरहेको छ । रिपोर्ट नआएसम्म केही प्रतिक्रिया दिन मिल्दैन ।
क्यापिटल बिजनेस म्यागजिनबाट