काठमाडौं । स्मार्टफोन र ल्यापटपसहित साओमीले नयाँ स्मार्ट उपकरणहरू उत्पादन गर्दै आएको छ । २५२ मिलियनभन्दा बढी स्मार्ट उपकरणहरूका साथ साओमीले विश्वको अग्रणी कन्ज्युमर एएलओटी प्लेटफर्मका रूपमा आफूलाई विस्तार गरेको छ । साओमीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि नेपालमा ल्याउने भएको छ ।
साओमी वाच एस १ एक्टिभस
फिचरहरूको सन्दर्भमा ‘एस१’ एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् । जसमध्ये १९ वटा व्यावसायिक छन् । मुटुको धड्कनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाँच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्रयाकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको यस एस १ एक्टिभ पानी प्रतिरोधी पनि रहेको कम्पीले जनाएको छ । यसमा भएको माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ । यसको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
रेडमी ब्यान्ड प्रोस
आयताकार मोड्युलमा १।४७ इन्चको टच रेडमी ब्यान्ड प्रो पनि ल्याउने भएको छ । रेडमी स्मार्ट ब्यान्ड प्रोलाई मी फिट एपमार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ, यसबाट सूचनाहरू, फोन कलहरू र थप जानकारीहरू आफ्नो ब्यान्डमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसको मूल्य ६ हजार १ सय ९९ रुपैयाँ रहेको छ ।
एयर कम्प्रेसर
साओमीमी पोर्टेबल एयर पम्पबाट बिनाकुनै समस्या आफ्नो टायरमा उचित प्रेसरको साथ हावा भर्न सकिन्छ । यो पम्पबाट सजिलै १५० पीएसआईको प्रेसर पुग्छ, जसले गर्दा यो पम्प साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोगयोग्य रहेको कप्पनीले जानकारी दिएको छ । यसको मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
एयर प्युरिफायर
सेतो रङ र आयताकारको डिजाइन भएको मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिन्छ । यसमा भएको गोलाकारको ओएलइडि टच डिस्प्ले तपाईंलाई पीएम (पार्टिक्युलेट म्याटर) २.५ स्तर, तापक्रम, आर्द्रता र वाइफाइजस्ता जानकारीहरू उपलब्ध गराउँछ छ । विभिन्न मोडहरू स्विच गर्न पनि यो बटनको प्रयोग गर्न सकिन्छ । यसको मूल्य २० हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
टुथब्रसः टी १००
शक्तिशाली सोनिक मोटर भएको यो टुथब्रसले प्रतिमिनेट ३१ हजारभन्दा बढी कम्पन पैदा गर्छ, जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ । यसको मूल्य १ हजार ६ सय ९९ रुपैयाँ रहेको छ ।