काठमाडौं । पछिल्लो समय प्राथमिक निष्कासन (आईपीओ)मा लगानीकर्ताको आकर्षण घट्दै गइरहेको छ । सेयर बजार घट्दै जाँदा आईपीओ भर्नेको संख्यामा समेत कमि आएको हो ।
३२ सय विन्दू पुगेको बजार घटेर यतिबेला १८६२ अंकमा झरेको छ । पछिल्लो ९ महिनादेखि सेयर बजार निरन्तर घट्दै गएको छ । बजार निरन्तर घट्दै गइरहेको बेलामा आईपीओमा आवेदन दिने पनि उच्च दरमा घटिरहेका छन् ।
नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ भर्ने सबैले न्यूनतम ५० कित्ताको दरले सेयर पाएपछि डिम्याट खोल्ने संख्या समेत ह्वातै बढेको थियो । निफ्राले बैंकिङ क्षेत्रमै सबैभन्दा ठूलो संख्याको आईपीओ निष्कासन गरेको थियो । निफ्राले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको करिब डेढ बर्ष पूरा भएको छ ।
पछिल्लो डेढ वर्षमा प्राथमिक सेयर भर्नको लागि डिम्याट खाता खोल्ने संख्या दोब्बर अर्थात २५ लाखले बढेर ५२ लाख ४४ हजार पुगेको छ । निफ्राको आईपीओमा १५ लाख आवेदकले आवेदन दिएका थिए । निफ्रापछि निरन्तर आईपीओ भर्ने संख्या बढ्दै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा करिब साढे २५ लाख आवेदन दिएका थिए ।
नेष्डो समृद्धको आईपीओ पछाडि विस्तारै भर्नेको संख्या घट्दै जान थालेको देखिन्छ । केही समयअघि उपकार लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा साढे २३ लाखले आवेदन दिएका थिए । उपकारले आईपीओ जारी गरेदेखि अहिलेसम्म करिब आधा दर्जन कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ जारी गरेको छन् ।
आईपीओ जारी गर्ने आधा दर्जन कम्पनीको आईपीओमा क्रमशः आवेदक घट्दै गएको देखिन्छ ।आर्दश लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गरेको छ । आर्दश लघुवित्तको आईपीओ १८ लाख ७ हजार जना आवेदकले भरेका छन् ।
डेढ वर्षको अवधिमा सेयर बजार उच्च विन्दू ३२ सयसम्म पुग्न सफल भयो । आईपीओ भर्नेको संख्या २६ लाख नाघे । डिम्याट खाताको संख्या पनि साढे ५२ लाख पुगेको छ । केही समय अगाडि डिम्याट खोलेर आईपीओ भर्ने संख्या २६ लाखसम्म पुगेकोमा पुनः घटेर डेढ वर्ष पहिलेको जस्तै संख्यामा झरेको देखिन्छ ।
एकातिर बजार घट्दै गइरहेको छ अर्कोतिर आईपीओ आवेदन दिएपावत तिर्नुपर्ने चार्ज महंगो हुदै गइरहेको छ । प्रत्येक आईपीओमा आवेदन दिएवापत बैकले न्यूनतम १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म पनि शुल्क लिने गर्दछन् ।
एकातिर नपर्ने अर्कोतिर शुल्क महंगो हुँदा जादा आईपीओ भर्न छाडेको केही लगानीकर्ता बताउँछन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल बाहेका अन्य बैंक वित्तीय सस्थाले आईपीओमा आवेदन दिएवापत शुल्क लिँदै आएका छन् ।
बजारमा देखिएको अस्तव्यस्तता महंगो सेवा शुल्क र ब्रोकरहरुले गर्दा पुँजी बजारबाट विक्षिप्त भएको केही लगानीकर्ता बताउँछन् ।
धितोपत्रको दोस्रो बजारको सूचक तल हुँदा प्राथमिक बजारमा सहभागिता कम देखिने गरेको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसी बताउँछन् ।
‘प्राइमेरी मार्केट पफेमेन्स र सेकेन्डरी मार्केटको इन्डेक्सबीच घनिष्ट सम्बन्ध हुन्छ,’ उनले भने, ‘सेकेन्डरी मार्केटमा इन्डेक्स माथि हुँदा सोहीअनुसार प्राइमेरी मार्मेटमा विगतदेखि नै उच्च सहभागिता देखिदै आएको छ ।’
२०६२ पछिको टे«न्डलाई हेर्दा सेकेन्डरी मार्केटमा इन्डेक्ट बढ्दा प्राथमिक निष्कासनमा लगानीकर्ताको सहभागिता बढ्ने गरेको र घट्दा सेयर भर्ने संख्यामा पनि केही गिरावट देखिने गरेको केसीले बताए ।
एक वर्षको अर्थतन्त्रको नीतिले गर्दा १२ महिनादेखि सेयर बजार घट्दै आइरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताए ।
‘बजार करिब एक वर्षदेखि निरन्तर घट्दै आइरहेको छ,’ उनले भने, ‘नियाक निकायका केही व्यक्ति, अर्थमन्त्री, पूर्वअर्थमन्त्रीहरुले धितोपत्र बजारलाई सट्टे बजार भन्दै अभिव्याक्ति दिदै आइरहेका छन ।
निरन्तर बजारमा देखिएको गिरावट र नियामकको बजार विपरीतका अभिव्यक्तिले लगानीकर्तामा उदाशीनता देखिएको रौनियार बताउँछन् । ‘लगानीकर्ताले जति रोइकराई गर्दा पनि नियामक सधार गर्ने छाटकाट देखाएको छैन,’ उनले भने, ‘ नियामक सधार गर्ने छाँटकाट नदेखाउँदा लगानीकर्ताको १५ खर्ब रुपैयाँ भन्दा बढी लगानी डुब्यो ।’
लगानीकर्ता जनि रोइकराई गर्दा नियामकले कान नसुनेझै गर्दा लगानीकर्तामा निराशा देखिएर आईपीओमा समेत सहभागिता घट्दै गइरहेको हो । सेयर बजारमा लामो समयदेखि निरन्तर गिरावट आउँदा्समेत राज्य मुकदर्शक भई टुलुटुलु हेरी बसेको नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
‘बजार निरन्तर घटिरहेको छ, राज्य मुकदर्शक भई हेरीरहेको छ,’ उनले भनिन, ‘लगानीकर्ता अनसन र आन्दोलनमा छन, लगानीकर्ता नियामक निकाय, राज्यमा धाउदा पनि कही कतैबाट केही सम्बोधन हुने छाटकाटै छैन ।’
राज्य, नियामकबाट सुधारका लागि केही काम नहुँदा सेयर बजार भनेको हाम्रो लागि होइन भन्ने आशय बनाई लगानीकर्ता पनि विस्थापित हुने अवस्थामा पुगेको पोखरेल बताउँछिन् । राज्य, नियामक निकायको लगानीकर्ता र सेयर बजार प्रति उदासीनताले गर्दा लगानीकर्तामा नैरासिता देखिएको हो, पोखरेलले भनिन् ।