काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक उच्च अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८ सय ८३ बिन्दुमा पुगेको छ ।
२८ सय बिन्दुबाट निरन्तर ओरालो लाग्दै १८ सय ९० बिन्दुमा पुगेको हो । आज १९ सय २५ बिन्दुमा खुलेको बजार न्यून १८९० बिन्दुमा झरेर पुनः १८९२ बिन्दुमा रोकिएको छ । मंगलबार उच्च अंकले बढे पनि बुधबार निरन्तरता पाउन सकेन ।
आज नेप्से परिसूचक, कारोबार रकम र सेयर कारोबार संख्या उच्च मात्रामा घटेको छ । बुधबार कारोबार ८४ अर्बमा सीमित रहेको छ ।
मंगलबार नेपाल धितोपत्र बोर्डले बजारमा देखिएको समस्या र लगानीकर्ताले बुझाएको १९ बुँदे माग कार्यान्वयनको चरणमा रहेको जनाउँदा समेत यस दिन नेप्से उकालो लाग्न सकेन ।
बजार निरन्तर घटिरहेका बेला इन्भेस्टरले मौद्रिक नीतिलाई पर्खिरहेका छन् । मौद्रिक नीतिमा सेयर बजारका समस्या सम्बोधन गर्ला कि भनेर पर्खिरहेका छन् ।
यति बेला सेयर बिक्री गरौं बजार १८ सय बिन्दुमा आइपुग्यो खरिद गरौं बजार घट्ने यात्रा रोकिने अवस्था नहुँदा लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षा गरिरहेका हुन् ।
नेप्सेमा मंगलबार २२९ कम्पनीको ३० लाख ३४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन आँधीखोला लघुवित्त संस्थाको सेयर मूल्य सबैभन्दा उच्च १० प्रतिशतले बढेको छ ।
त्यस्तै हाइड्रो सेक्टर उच्च दरले घटेको छ । यस दिन युनाइटेड इदी मर्दी कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ६.६८ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा नबिल बैंकको सर्वाधिक ३ करोड ३९ लाख भएको छ । त्यस्तै नेपाल बैंकको २ करोड ६७ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।