काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस अपाची आरटीआर १६० फोर भी आरटीएफआईसँग बीएस–भीआईको नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारीमा छ ।
बीएस–भीआईको नयाँ मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट तीन राइड मोड्स ‘रेइन, उर्वन र सपोर्ट मोडमा रहेको कम्पनीले जनाएको छ । उक्त उत्कृष्ट मोडले गर्दा चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल चलाउँदा परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीअनुसार सो नयाँ फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ । नयाँ मोडलमा आरटीएफआई टेक्नोलोजी युक्त बीएस–भीआई अनुरूप इन्जिन रहेको कम्पनीको दाबी छ ।
अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस–भीआई अनुरुप इन्जिनसहितको अपाची आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको पाइन्छ ।
यस आरटीएफआई टेक्नोलोजी युक्त इनजिन्ले माइलेजमा वृद्धि गर्छ भने बीएस–भीआई अनुरुप इन्जिन वातावरण मैत्री हुन्छ । यसले टीभीएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ ।
त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग, लिन एंगल मोड, साथै कल र एसएमएस एलर्टजस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरू सामान्य मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिन्छ ।
जगदम्बा मोटर्सले नयाँ टीभीएस अपाची आरटीआर १६० फोर भी आरटीएफआईसँग बिएस–भिआइ काठमाडौंको प्रपल हेज रोक बार बाट असार ७ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड ऋयदधभद तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरूको उपस्थितिमा हुनेछन् ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टु–ह्वीलर्सका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्रान्ड बनेको छ ।