काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदिप अधिकारी र वायुसेवा संचालक संघका पदाधिकारीहरुबीच वार्ता हुने भएको छ ।
उद्धार उडानमै अवरोधपछि कठोर निर्णयमा वायुसेवा सञ्चालक, वार्ताका लागि डीजीले टाइम दिएनन्
वायुसेवा सञ्चालकहरुले भोलिबाट सबै उडानहरु रोक्ने घोषणा गरेपछि संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई पक्राउ पुर्जी जारी गर्नका लागि निवेदन लिएर गएका क्यानका डीजी अधिकारीलाई वार्ता मार्फतनै समस्या समधानका लागि निर्देशन दिएका थिए ।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेपनि क्याप्टेन थापालाई पक्राउ पुर्जी जारी गर्ने पक्षमा थिए । तर, उनको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण सकरात्मक नभएपछि वार्तामा बस्नका लागि तयार भएको बताइन्छ । प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले वार्ता मार्फतनै समस्या समधान गर्न निर्देशन दिएपछि गृहसचिव पाण्डेले समन्वय गरेका हुन् ।
क्यानको निर्देशन वायुसेवा सञ्चालकले नमान्ने, ८ गतेबाट उडान स्थगित
मंगलबार दिनभर वार्ताका लागि तयार नभएका डीजी अधिकारी र संघका अध्यक्ष थापाबीच अहिले १० वजेका लागि वार्ता तय भएको छ । प्राधिकरणको केन्द्रिय कार्यालयमा हुने वार्ताका लागि अहिले संघका पदाधिकारीहरु,सञ्चालकहरु त्यसतर्फ गइरहेको जनाएको छ ।
क्यानका डीजीले भने- टीआईए रत्नपार्क हाेइन, उडान रोके चुप बस्दैनौं
एक सञ्चालकका अनुसार वायुसेवा सञ्चालक संघले राखेका सबै मागहरु पुरा गर्न तयार रहेको भन्दै प्राधिकरणले वार्ताका लागि आउन आग्रह गरेका हुन् ।
पछिल्लो समय प्राधिकरणका महानिर्देशक अधिकारी र संघका अध्यक्ष थापाबीचको टसलको कारण दुबै पक्ष वार्तामा बस्नका लागि तयार भएका थिएनन् ।
प्राधिकरणले मंगलबारबाटै हेलिकप्टरहरुलाई तोकिएकै बेसमा गएर बास बस्न निर्देशन जारी गरेको थियो । त्यस्तै एयरलाइन्सहरुलाई १३ गतेदेखि तोकिएकै बेसमा बास बस्न जाने विषयलाई लिएर दुबै पक्षबीच विवाद सुरु भएको थियो ।