सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेट च्यारिटीका लागि चिनिन्छन् । च्यारिटीको कामलाई अगाडि बढाउन प्रत्येक वर्ष बफेट पावर लन्च आयोजना हुन्छ, चुन सधैं चर्चामा समेत रहन्छ ।
यो वर्ष पनि विगतका वर्षझैं वारेनले पावर लन्चमा भाग लिँदैछन् । तर, यस अवधिमा एउटा अनौठो रेकर्ड बनेको छ ।
खासमा एक अज्ञात बिडरले बफेटसँग लान्च गर्नका लागि झन्डै २ अर्ब रुपैयाँको बोली लगाएका छन् ।
कहिल्यै टुट्ने छैन यो रेकर्ड
इबे र ग्लाइड फाउन्डेसन मिलेर बफेट पावर लन्चका लागि लिलामीको आयोजना गरे । सुरुमा यसका लागि २५ हजार डलर बोली लागेको थियो । १२ जुनदेखि सुरु भएको लिलामीमा १७ जुनसम्म आइपुग्दा एक अज्ञात व्यक्तिले १ करोड ९० लाख डलरको बोली लगाए ।
र, यो नै सबभन्दा ठूलो बोली बन्यो ।
बफेट पावर लन्चका लागि अहिलेसम्मकै सर्वाधिक महँगो बोली भएको बताइएको छ ।
साथै यो रकर्ड अब कहिल्यै कसैले तोड्न सक्नेछैन किनकि बफेटको यो नै अन्तिम पावर लन्च हो ।
गत वर्षको बोलीभन्दा कति बढी ?
विगत २१ वर्षदेखि आयोजन भइरहेको यो कार्यक्रमको सबभन्दा कम बोली भनेको २५ हजार डलर हो ।
कोरोना महामारीका कारण सन् २०२० । २०२१ मा बफेट वापवर लन्च कार्यक्रम भएन । त्यसअघि सन् २०१९ मा भएको कार्यक्रममा ४.५ मिलियन डलरको बोली लागेको थियो । यसरी हेर्दा यो वर्षको बोली पछिल्लो रेकर्डभन्दा ४ गुणा बढी हो ।
२०१९ मा क्रिप्टोकरेन्सीबाट अर्बपति बनेका कारोबारी जस्टिन सुनले सर्वाधिक बोली लगाएका थिए ।
१८ वर्षदेखि लिलामी गरिरहेको इबे
विगत १८ वर्षदेखि इबेले बफेट पावर लन्च लिलामीको कार्यक्रम गर्दै आइरहेको थियो । इबेका सीईओ जेमीका अनुसार बफेटको अन्तिम पावर लन्चले फन्ड जुटाउने पुराना सबै रेकर्ड तोडेको छ ।
लिलामीबाट प्राप्त हुने रकम मानिसलाई संकटबाट बाहिर निकाल्न र जीवन परिवर्तन गर्नमा केन्द्रित हुनेछ ।