काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक उच्च अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८ सय ८४ अंकमा झरेको छ ।
२८ सय बिन्दुबाट झर्ने क्रम निरन्तर राख्दै १८ सय ८४ बिन्दुमा बन्द भएको छ । यस दिन उच्च अंकले घटेको बजारमा १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ ।
साेमबार १९३४ बिन्दुमा खुलेको बजार सुरूवाती समयदेखि करिब २ घण्टा निरन्तर ओरालो लागेर २ बजेपछि १५ मिनेट बढ्ने छाँटकाँट देखाएर पुनः ओरालो लागेर १८८४ बिन्दुमा झरेको छ ।
बजार पछिल्लो करिब १० महिनादेखि बजार निरन्तर घट्दै गइरहेका छ । बजार २८ सय बिन्दुबाट निरन्तर घटेर साढे १८ बिन्दु माथि रहेको छ । बजार निरन्तर घट्दै जाँदा केही लगानीकर्ता आत्तिएर सेयर बेचिरहेको देखिएको छ ।
अघिल्लो सातातिर दैनिकजस्तो करिब ४० लाख हाराहारीमा कारोबार हुने सेयर यस दिन बढेर करिब ६२ लाख पुगेको देखिन्छ । यसले केही सेयर लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्न थालेकाले बजार उच्च अंकले घटेको देखिन्छ ।
अधिकांश लगानीकर्ता भने मौद्रिक नीति हेर र पर्खको अवस्थामा देखिएका छन् । आज केही बिक्रेता आत्तिएर सेयर बिक्री गर्न आउँदा केही लगानीकर्ताले सेयर खरिद गरेको देखिन्छ । जसले गर्दा बजार उच्च अंकले घट्न पुगेको हो । मंगलबार भने बजार धेरै अंकले उतार चढाप हुने देखिँदैन ।
यतिबेला अधिकांश कम्पनीहरुको सेयर मूल्य अन्डरभ्यालुड छ । नेप्सेमा सोमबार २३० कम्पनीको ६१ लाख ५० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आज आँधीखोला लघुवित्त संस्थाको सेयर मूल्य सबैभन्दा उच्च १० प्रतिशतले बढेको छ । साथै, हालै आईपीओ निष्कासन गरेको सीवाई लघुवित्तको सेयरमूल्य ९.९८ प्रतिशत र ओरियन्टियल होटलको सेयरमूल्य १.४१ प्रतिशतले बढेकोे छ ।
आज तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । साथै, कालिका पावर कम्पनी, रिभर फल्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशत बढीका दरले घटेको छ ।
आज प्रभु बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको प्रमोटर सेयरमा ११ करोडको कारोबार भएको छ । साथै नेपाल टेलिकमकको १० करोड ९२ लाख र हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।