काठमाडौं । ६४ वर्षको इतिहास बोकेको रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ । मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजरहरू उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरू स्योरचिल प्रविधिमा आधारित छन् । जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ८ डिग्रीमा स्थिर राख्छ । डब्लूएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरूको होल्डओभर टाइम ३ देखि ४ दिनसम्मका छन् भने ४७ देखि २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन् ।
उक्त रेफ्रिजेरेटरहरू फ्रिज प्रोटेक्सनमा डब्लूएचओबाट ए ग्रेडमा मूल्यांकन गरिएको छ । यी रेफ्रिजेरेटरहरू सिएफसि एचएफसि र एचसीएफसी मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूको ढोका अगाडि बाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउने र रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको बताइएको छ ।
ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदि राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ६ डिग्रीमा स्थिर राख्छ ।
आइएसओ र सिइ सर्टिफाइद यी रेफ्रिजेरेटरहरू १००५ सीएफसी मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूमा पूर्वचेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ ।
सो रेफ्रिजेरेटरहरू ११७ देखि ३२० ब्लड ब्यागसम्मको क्षमतामा उपलब्ध छन् । साथै रेफ्रिजेरेटरहरूको ढोका पारदर्शी छन जसले उच्च भिजिबिलिटी दिने र २ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
विभिन्न सल्भेन्ट, केमिकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधिहरू आदि राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित छन् ।
जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि ८ डिग्रीमा स्थिर राख्छ । आइएसओ र सिइ सर्टिफाइद यी रेफ्रिजेरेटरहरू १००५ सीएफसी मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् ।
यी रेफ्रिजेरेटरहरूमा पूर्वचेतावनी र ऊर्जा व्यवस्थापनका लागि डिजिटल डिस्प्ले सँगै एन्टेलिजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ । यी रेफ्रिजेरेटरहरू २०० देखि ४०० लिटरसम्मको क्षमतामा उपलब्ध छन् ।
नेपालको बिजुली सेवा अनिश्चित हुनु र बजारमा पाइने सामान्य रेफ्रिजेरेटरहरूले आफूले चाहेको तापक्रम निरन्तर दिन नसक्ने र बाह्य डिजिटल डिस्प्ले थर्मोमिटर नहुने कारण गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरू औषधि पसल, फार्मेसी, ल्याब, हस्पिटलहरूमा एकदम उपयोगी छन् ।
जसले आफूले चाहेको तापक्रम कायम राख्नुका साथै प्रत्यक मिनेट को १ सय २० दिनसम्मको तापक्रमको लगर रिकर्ड पनि राख्दछ । नेपाल अधिराज्यभर गोदरेज ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ ।