काठमाडौं । शुक्रबार बिहानैदेखि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गरेको दुर्व्यवहारको अडियो सार्वजनिक भयो ।
जुन अडियो सामान्य सुन्न सक्ने अवस्थाको छैन् । तल्लो स्तरसम्म पुगेर मन्त्री आलेले अधिकारीलाई गाली गरेका छन् । यति मात्र हैन, अडियोमा सुन्दा मन्त्री आलेले अधिकारीलाई हातपात गरेको जस्तो लाग्छ । यीनै अडियोको कारण शुक्रबार दिनभरी सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
सरकारको माथिल्लो निकायमा रहेका व्यक्तिले तल्लो स्तरसम्म गाली गर्नु र सार्वजनिक पदमा रहेका व्यक्तिलाई हातपात गर्ने अवस्था किन आयो त ?
आखिर यो घटना कहिले भएको हो त ? मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो घटना जेठ २७ गते(जुन १०) तारिखकै दिन भएको थियो । २७ गतेनै घटना घटे पनि अहिले आएर अडियो सार्वजनिक भएको छ ।
किन घट्यो त घट्ना ? यो विषयमा पनि ती अधिकारीले बताएअनुसार पर्यटनमन्त्री आले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्डह्याण्डलिङ नेपाल एयरलाइन्सलाई नदिएर अरुनै कम्पनीलाई दिने सोचमा थिए ।
उनले पटक पटक एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीलाई गौतमबुद्ध विमानस्थलको ग्राउण्डह्याण्डलिङको काम गर्न नसक्ने व्यहोराको पत्र लेखेर नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारलाई दिन दबाब दिँदै आएका थिए । तर, अध्यक्ष अधिकारीले भने नेपाल एयरलाइन्सले गर्दै आएको काम खोसेर अरुलाई दिने पक्षमा नभएपछि मन्त्री आले उनिसँग रुष्ट हुँदै गएका थिए ।
नेपाल एयरलाइन्सको आम्दानीको प्रमुख स्रोत नै ग्राउण्डह्याण्डलिङ भएकोले यो खोसेर अरुलाई दिएमा आफुलाई कर्मचारीहरुले कहिल्यै पनि राम्रो नमान्ने र आफ्नो छविमा समेत आँच आउने देखेर मन्त्री आलेको उक्त प्रस्ताव अस्वीकार गर्दै आएका थिए ।
आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रुष्ट बनिरहेका मन्त्री आलेले विदेशमा टुइनअटर जहाज चलाउदै आएका पाइलट अनिश त्रिपाठीलाई न्यारोवडी ३२० जहाजको पाइलटमा सिधा भर्ना गर्न दबाब दिएका थिए ।
जुन प्रक्रियानै गलत भएको र उसको योग्यता क्षमतानै नपुग्ने भएकोले सिधै नियुक्ती दिन नसक्ने जवाफ दिएपछि मन्त्री आले अध्यक्ष अधिकारीप्रति झनै रुष्ट बनेका थिए ।
त्यति मात्र हैन,मन्त्री आलेले कर्मचारी नियुक्तिमा समेत दबाब दिएका थिए । त्यसमा पनि उनले अटेर गरेपछि मन्त्री आले अधिकारीसँग ‘फायर’ भएका थिए । फायर भएका मन्त्रीआले त्यसपछि कार्यकारी अध्यक्ष नै परिवर्तन गर्ने तयारीमा लागे ।
अधिकारीका गल्ती कमिकमजोरीहरु खोज्दै बर्खास्तीमा लाग्नै लाग्दा उनको पार्टी नेकपा एकिकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसलगत्तै मन्त्री आलेले अधिकारीलाई मन्त्रालयमा बोलाएका थिए ।
मन्त्रालयमा बोलाउनअघि पनि उनले फोनमा गालीगलौज गरेको सुनिन्छ । त्यसपछि भने मन्त्रालय पुगेका अधिकारी माथि जाइलागेको अडियोमा सुनिन्छ । त्यसपछि बर्खास्तीका लागि मन्त्रीपरिषदमा प्रस्ताव लगे
कार्यकारी अध्यक्ष अधिकारीलाई तल्लो स्तरको गाली गरेर हातपातसमेत गरेपछि मन्त्री आलेले घटनालाई लुकाउनका लागि बर्खास्तीका लागि मन्त्रीपरिषदमा प्रस्ताव समेत लगेका थिए । जुन हालसम्म पास हुन सकेको छैन । उनले विभिन्न आरोपहरु लगाउँदै अध्यक्ष अधिकारीलाई हटाउन खोजेका छन् ।
कर्मचारी युनियनको आपत्ति
कार्यकारी अध्यक्ष अधिकारीलाई र्दुव्यवहार गरेको समाचार सार्वजनिक भएसँगै नेपाल वायुसेवा निगम कर्मचारी युनियनले घटनाको निन्दा गर्दै आपत्ति जनाएको छ ।
युनियनका अध्यक्ष सुवास डाँगीले हस्ताक्षर गरेको विज्ञप्तीमा ६४ औं वर्षसम्म अनवरत रुपमा स्वायत्त निकायको रुपमा सञ्ंचालित निगमलाई भर्ती केन्द्र बनाउने मनसायसहित कार्यकारी प्रमुख माथि गरिएका निन्दनिय कृयाकलाप प्रति घोरभत्र्सना गरेको उल्लेख छ ।