काठमाडाैं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन (डीएनए) परियोजनाका लगि १७ अर्ब रूपैयाँ स्वीकृत गरेको छ ।
बैंकले परियोजनाका लागि ब्रोडब्यान्डको पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसलाई संलग्न गराउन उक्त रकम स्वीकृत गरेको हो ।
‘डिजिटल रुपान्तरणलाई अँगाल्ने देशहरुले हरित, लचक र समावेशी विकासमा गति दिन सक्छन्’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने, ‘बैंकले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने नेपालको लक्ष्यलाई समर्थन गर्न पाउँदा खुसी लागेको छ । । यसले मानिसहरु र व्ययवसायलाई सूचना, सेवा र बजारमा जोड्नेछ ।’
परियोजनाले २०१९ मा सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्रअन्तर्गत डिजिटल नेपाल फ्रेमवर्क रणनीतिको कार्यान्वयनमा सहयोग गर्नेछ। साथै ग्रामीण क्षेत्रका मानिस र व्यवसायका लागि उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवामा पहुँच सुधार गर्नेछ ।
यसले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधारमार्फत डिजिटल सरकारी सेवाहरूको डेलिभरीलाई पनि समर्थन र सुरक्षित गर्ने विश्व बैंकले जनाएको छ । ।
इन्टरनेट प्रयोग, डिजिटल सीप र उद्यमशीलता, महिला, जातीय र सामाजिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरूद्वारा डिजिटल सेवाहरूमा पहुँच बढाउन खोज्नेछन् ।
यस्तै परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १ हजार ५ सय जनालाई रोजगारीको अवसरसमेत सिर्जना गर्ने बैंकले जनाएको छ ।