काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक बिहीबार १२.७८ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार १९७८ बिन्दुमा पुगेर बन्द भएको हो ।
निरन्तर घटिरहेको बजार यस दिन सामान्य अंकले बढ्न पुगेको हो । बढेको बजारमा १ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन बजार १९६६ बिन्दुमा खुलेको थियो । १ हजार ९६६ बिन्दुमा खुलेको बजार सुरुवाति २० मिनेट ओरालो लागेर १९५१ बिन्दुबाट उकालो लाग्दै १९९३ विन्दूमा पुग्न सफल भएको हो ।
२ हजार विन्दूको बाटोमा चढ्न खाजेको बजारले १९९३ बिन्दुबाट पुन तल झरेर १९७८ बिन्दुमा सीमित भएको छ । यस दिन बजार निरन्तर उतार चढाव भइरहे पनि अन्तिम १५ मिनेटमा ६ अंकले बढेको हो ।
बजार पछिल्लो करिब ९ महिनादेखि बजार निरन्तर घट्दै गइरहेका छ । बजार २८ सय बिन्दुबाट निरन्तर घटेर साढे १९ विन्दूमा झरेको झरेको छ ।
नियामक निकायका केही बजार विरोधी नीतिले गर्दा बजार निरन्तर ओरोलो लागेको लगानीकर्ताको आरोप छ ।
मैद्रिक नीतिले ४–१२ लगायतका पुँजी बजार सुधारका कुरा सम्बोधन गरे मात्र बजार बढ्ने पुँजी बजार विश्लेषक बताउँछन् । यतिबेला अधिकांश कम्पनीहरुको सेयर मूल्य अन्डरभ्यालुड छ ।
नेप्सेमा बिहीबार २२१ कम्पनीको ३५ लाख ९४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन आँधीखोला लघुवित्त संस्थाको सेयर मूल्य सबैभन्दा उच्च १० प्रतिशतले बढेको छ । साथै, रिभर फल्स पावर कम्पनीको ९.९७ प्रतिशत, सामुदमयिक लघुवित्तको ९.९६ प्रतिशत र कालिका लघुवित्तको करिब ८ प्रतिशतले बढेको छ ।
यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा बढी ३.८० प्रतिशतले घटेको छ । यस दिन नेप्सेमा नेपाल टेलिकमकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै नेपाल क्रडिड एण्ड कमर्स बैंकको १० करोड ३५ लाख र सिभिल बैंकको ४ करोड ७१ लख रुपैयाँको कारोबार भएको छ ।