काठमाडौं । बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजरसँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनोट होटल र्याडिसनमा एक विशेष फेसन शो समारोहबीच सम्पन्न गरेको छ ।
आमन्त्रित गरिएका विशेष व्यक्तित्वहरू सहभागी यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरूले प्रख्यात डिजाइनरहद्वय मुकु बुटिकका मुक्तिका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरूका सम्मोहित पार्ने रंगहरूको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरू धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए।
अत्यन्त उच्चकोटीको फेसन, अद्वितीय मनमोहक, रंगहरू, डिजाइनहरू, सिर्जनशीलता र कलाका विविधता अतिथिहरूबीच प्रस्तुत गरिएको थियो । बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो ।
रचना गुरुङद्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो, पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो दोस्रो चरणमा कासाबाट डिजाइन गरीएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जी इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको ।
उक्त कार्यक्रमको शोस्टपर रूपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सामेल थिइन् । बर्जर पेन्ट्स नेपालले विशेष किसिमका कार्यक्रमहरूको प्रस्तुतिमा केन्द्रित हुँदै पोसाकहरूमा बर्जर रंगहरू तथा ढाँचाहरूलाई कलात्मकता र स्पन्दशीलताको अलौकिक संयोजन एवं प्रदर्शनीसहित हामीलाई फेसनको नयाँ रसास्वादन प्रदान गरिरहेको छ ।