काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको डार्क एडिसन नेपालमा ल्याउने भएको छ । सिप्रदी ट्रेडिङले इभीको डार्क एडिसन अर्को महिनाबाट नेपालमा ल्याउन लागेको हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता हो ।
उक्त डार्क एडिसन तत्कालका लागि नेपाललाई १५ देखि २० वटासम्म आपूर्ति गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले डार्क एडिसनको मूल्य भने निर्धारण गरेको छैन ।
टाटा नेक्सन ईभी तीनवटा मोडेलमा (एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स) उपलब्ध छ । कम्पनीले नेपालमा ६ सय भन्दा बढी युनिट नेक्सन र टिगोर ईभी बिक्री गरिसकेको जनाएको छ ।
के–के छन् विशेषता ?
डार्क एडिसनमा पहिलेकै मोडलको जस्तै ३०.२ किलोवाट आवरको ब्याट्री र पिकपावर ९५ किलोवाट क्षमताको मोटर दिएको छ ।
एआरएआईका अनुसार फुल चार्जमा यो इभी ३१२ किलोमिटर गुड्छ ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिएको छ । साथै, गाडीमा ३ वर्ष वा एक लाख २५ हजार किलोमिटर वारेन्टी दिएको छ ।
डार्क एडिसन देशभरका टाटा सोरुममा
टाटाको डार्क एडिसन देशभरका टाटा सोरुममा अवलोकन र टेस्ट ड्राइभ गर्न मिल्ने गरी नेपालमा ल्याउने जनाएको छ । डार्क एडिसनमा इनेटेरियर डिजाइनमा परिवर्तन गरिएको छ ।
टाटा मोटर्सले प्यासेन्जर भेहिकल्समा नेक्सन ईभीमा ग्रीन टेक्नोलोजी जिपट्रोन प्रविधि प्रयोग गरेको छ ।
डार्क एडिसनमा पुरानै फिचर
डार्क एडिसनको नेक्सनमा पावरहरु, ब्याट्री, रेन्ज, मोटर लगायतका फिचरहरुमा केही परिवर्तन भएका छैनन् । यसमा इन्टेरियर डिजाइनमा डार्क थिमका लेदर सिटहरु उपलब्ध छ भने १६ इन्चको प्रिमियम ब्ल्याक अलोय ह्विलमा आउन कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सबै इन्टेरियर पार्ट नै डार्क थिममा डिजाइन गरिएको छ । साथै नेक्सन ईभीको डार्क एडिसनमा पनि सिग्नेचर एलईडी टेलल्याम्प, फ्लोटिङ रूफ, पियानो ब्ल्याक ओआरभीएम, रूफरेल, सार्क फिन एन्टेना, बडी कलर डोर ह्यान्डलजस्ता फिचर पाउन सकिने कम्पनीले जनाएको छ ।