काठमाडौं । बैंक अफ काठमान्डुका बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो ।
साे बैंकको बागमती प्रदेशअन्तर्गतका कमलपोखरी, जावलाखेल, अनामनगर, पुरानो बानेश्वर, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, बल्खु, इन्द्रचोक, चाबहिल, ठमेल, साँखु, न्युरोड, नक्साल, नयाँ बनोश्वर, हेटौंडा, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, बनेपा, पनौती, गोठाटार, गल्छी, नारायणघाट, पर्सा, पुरानो बानेश्वर तथा प्रगतिपथलगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन् ।
साे बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३५को वार्षिक ब्याजदरसहित थुप्रै आर्कषक विशेषताहरु समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनीक गरिएको बैंकको भनाइ छ ।