काठमाडौं ।बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार सूर्या लाइफ इन्स्योरेन्सले सम्पन्न गरेको छ । एक समारोहका बीच करिब ३ सयभन्दा बढी आभिकर्ताहरु माझ सेमिनार सम्पन्न भएको हो ।
बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका हुन्।
साे कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेसागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ अतिथ्य रहेको थियो।
साे कार्यक्रमा जीवन बीमाको अभिन्न अंगको रूपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरूको उत्साह जनक सहभगिता रहेको कम्पनीको भनाइ छ।
कार्यक्रममा सन् २०२३ को एमडीआरटीहरूलाई सम्मान गर्दै चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेशअन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
साथै, देशैभरिबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरूबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो।
'लक्की ड्र'मा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रञ्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जितेका हुन्।
जीवन बिमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले 'मेरो पहिलो पोलिसी' अभियान सुरू गरेको छ।