काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक विनयदेव आयार्यको संयोजकत्वमा सेयर बजार समस्या समाधान कमिटी गठन गर्ने बताए पनि अहिलेसम्म अर्थबाट औपचारिक पत्र गएको छैन ।
जेठ २५ गते सेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच कमिटी बनाएर सेयर बजारको अध्ययन गर्ने र प्रतिवेदनका आधारमा देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो । तर, हालसम्म अर्थबाट बोर्डमा पत्र पुगेको छैन ।
त्यही भएर सरकारले आचार्यको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अर्थ मन्त्रालयबाट एक जना सदस्य र केन्द्रीय बैंकबाट एक जना सदस्य छन् । यद्यपि, अर्थ मन्त्रालयले अहिलेसम्म लिखित रुपमा जानकारी नदिएको बोर्डले जनाएको छ ।
बोर्डका कामु कार्यकारी निर्देशक आचार्यको संयोजकत्वमा कमिटी बन्ने भनिए पनि अर्थ मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा पत्रचार नगरेको बोर्डले जनाएको छ ।
बोर्डबाट कामु कार्यकारी निर्देशक आचार्य र सदस्य सचिवको रुपमा बोर्डकै डेपुटी कार्यकारी निर्देशक रुपेश केसी सदस्य सचिव रहनेबारे छलफल भएको हो ।
कमिटी गठन गर्ने भनेको एक हप्ता भइसक्दा पनि अर्थले अहिलेसम्म आधिकारिक पत्र पठाएको छैन । विनयदेव आचार्य बाहेक अन्य को को व्यक्ति सदस्य रहने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।
सेयर बजारमा देखिएका समस्या पर्गेल्न कमिटी बनाइएको हो । अर्थमन्त्री गभर्नरबीच जेठ २५ गते कमिटी गठन गर्न सहमति भएको थियो । तर, ६ दिन वित्तिसक्दा पनि अहिलेसम्म अर्थ मन्त्रालयबाट पत्राचार नहुनुले मन्त्रालय सेयर बजारका समस्या समाधान गर्न कति गम्भीर छ भन्ने कुरा प्रस्ट देखिन्छ ।
आर्चायको संयोजकत्वमा कमिटी बनाउने भन्नेमा बोर्डका अध्यक्ष रमेश हमाल र अर्थमन्त्रीबीच सहमति भए पनि अहिलेसम्म त्यसले औपचारिक नपाउनु दुखदु भएको लगानीकर्ताको भनाइ छ । विगत १० महिनादेखि सेयर निरन्तर ओरालो लागिरहेको छ । सेयर बजार घटेर घरबारसमेत उठिबास भइसक्यो । तैपनि बजारप्रति अर्थमन्त्री गम्भीर देखिएका छैनन् ।