काठमाडौं । वाणिज्य बैंकहरुले चालू आव २०७८÷०७९ को वैशाखसम्ममा ५८ अर्ब बढी खुदनाफा गरेका छन् ।
हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड खुदनाफा गरेका छन् ।
वैशाख मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । ग्लोबलले ४ अर्ब ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
त्यस्तै, एनआईसी एसियाले पनि ४ अर्ब ११ करोड नाफा गरेको छ । नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्राइमले ३ अर्ब बढी नाफा गरेका छन् ।
७ वाणिज्य बैंकले २ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् । २ अर्ब बढी नाफा गर्ने बैंकमा एनएमबि, नेपाल इन्भेस्टमेन्ट, मेगा, सिद्धार्थ, कुमारी र कृषि विकास बैंक रहेका छन् ।
लक्ष्मी बैंकले भने अर्ब कम खुदनाफा गरेको छ । बैंकले वैशाखसम्म ९२ करोड ८७ लाख नाफा गरेको छ ।
अन्य १५ वाणिज्य बैंकले भने १ अर्ब बढी नाफा गरेका छन् । १ अर्ब बढी नाफा गर्नेमा एभरेस्ट, स्ट्यान्डर्ड चाटर्ट, सिभिल, बीओके, सेञ्चुरी प्रभु, नेपाल बंगलादेश, हिमालयन, सानिमा, माछापुच्छे«, एनसीसी र सिटिजन्स बैंक रहेका छन् ।