काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले साना, मझौला स्वदेशी उद्योगलाई धारासाही पारेर विदेशी वस्तु आयात प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताएकी छिन् ।
सुनसरी उद्योग वाणिज्य संघको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । राणाले अहिले व्यवसायीको लागि सबैभन्दा ठूलो चुनैति नै व्यावसायिक एकता रहेका बताएका छिन् ।
उनले जब हामी व्यवसायी एक हुन्छौ, तब मात्र व्यवसायीको इज्जत बढ्ने र सरकारले पनि सम्मान गर्ने बताइन् । राणाले समग्र निजी क्षेत्रको विकासका लागि व्यवसायीले आफ्नो मात्र स्वार्थ हेर्न नहुने बताएकी छिन् ।
‘हामी अर्काको व्यवसाय फस्टाए राम्रो भनेर ढुक्क भयो भने भोलि आफ्नो पनि बिग्रने अवस्था आउन सक्छ,’ उनले भनिन् ‘यसकारण व्यवसायीहरु स्वार्थी हुनु भएन । औद्योगिक क्रान्ति ल्याउने, नेपाललाई समृद्ध बनाउने हो भने कोभिडका बेला देखाएको एकता अरुबेला पनि हुनु जरुरी छ ।’
बजेटले लिएको कर नीतिले कयौं उद्योगहरु बन्द हुने अवस्थाउन्मुख हुँदा पनि निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघ नेतृत्व मौन रहेको भन्दै चर्काे आलोचना भइरहेको बेला राणाले यस्तो बताएकी हुन् ।
राणाले निजी क्षेत्रका मुद्दामा व्यवसायिक एकता अत्यावश्यक रहेकाले सबैजना एक ठाउँमा उभिनुपर्ने समेत बताइन्। एनले व्यवसायीक एकताले मात्र हाम्रा मागहरु पनि पुरा हसने बताइन ।
राणाले भनिन, मोरङबाट सुरु भएको आन्दोलनलेपछि अर्थमन्त्रीले वार्ताका लागि बोलाउनुभएको छ। असार १ गते बजेट पारित भएपछि माग सम्बोधन गर्ने भन्नुभएको छ।
असार १ सम्म पर्खिएर माग पूरा नभए देशव्यापी रुपमा सबै चेम्बरहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। ।