काठमाडौं । इन्टरनेसनल डाटा कर्पोरेसनको वल्र्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकर, क्यू १ रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोन रहेको जनाएको छ ।
साओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सीप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल एक विज्ञप्तिमा उल्लेख छ ।
रेड्मी नोट ११, साओमी १२ सिरिज जस्ता उत्पादनहरूको लन्चको कारण ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि भएकाे देखिएको छ । यसका साथै साओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मीसोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरू पनि लन्च गरेको कम्पनीले जनाएकाे छ ।
यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको कम्पनीले उल्लेख गरेको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, साओमीले देश भरिमा ३०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५+ अधिकृत स्टोरहरू स्थापित गरेको जनाएको छ ।
कम्पनीको हाल नेपालको विभिन्न स्थानहरूमा एक बलियो वितरण नेटवर्क रहेको कम्पनीले जनाएको छ । उनीहरूले विशेष अधिकृत सेवा केन्द्रहरूको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरूलाई पूरा गर्नका लागि एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबुत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।