एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि बहुप्रतिक्षित मिडिया अधिकार लिलामी हुन लागेको छ । मिडिया अधिकार पाउने टेलिभिजनले आईपीएलका क्रिकेट खेलहरुको प्रत्यक्ष प्रसारण गर्न पाउने छ ।
शीर्ष चार प्रसारकहरू सहित छवटा टेलिभिजन कम्पनीहरु यसको दौडमा हुने भएका छन । आगामी पाँच वर्ष (सन् २०२३/२०२७ का लागि मिडिया अधिकारको ई–लिलामी जुन १२ मा हुने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अधिकार धारक डिज्नीस्टारका साथै सोनी पिक्चर्स नेटवर्क इन्डिया (एसपीएन), जी इन्टरटेन्मेन्ट (जी टिभी) र भिएकम–१८ बाट लाइभ गर्ने अधिकारका लागि प्राविधिक बिडहरू प्राप्त गरेको छ ।
यस्तै बाँकी विश्वको टेलिभिजन र डिजिटल मिडियाका लागि टाइम्स इन्टरनेट र फन एसियाले बिडमा भाग लिएका छन् । टेक दिग्गज अमेजन इंक र गुगलको माउ कम्पनी अल्फाबेट इंकले टेन्डरको कागजात लिए पनि प्राविधिक बोलपत्र पेश गरेनन ।
ती कम्पनीहरु आईपीएलको अधिकार लिलामीबाट टाढा रहेका छन् । पहिलो तीन प्याकेजहरूका लागि चारवटा मात्र बोलपत्रकर्ताहरू थिए । जसमा इन्डिया टिभी (प्याकेज ए), इन्डिया डिजिटल (प्याकेज बी) र इन्डिया डिजिटल (प्याकेज सी) छन् । यसमा टाइम्स इन्टरनेट र फन एसियाले बिड गर्ने निर्णय गरेका छन् । बाँकी विश्व प्याकेज (प्याकेज डी) को बिडमा प्रविधि र टेलिभिजन कम्पनीहरु पुग्न सकेनन् ।
दावेदारहरूलाई सबै अधिकारहरूका लागि कम्पोजिट बिड पेश गर्न अनुमति छैन । पहिलो प्याकेजको विजेताले अधिकारको लागि दोस्रो प्याकेजको विजेतालाई चुनौती दिन सक्छ । दोस्रो प्याकेजको अन्तिम विजेताले प्याकेज सीको विजेतालाई चुनौती दिन सक्छ ।
प्याकेजको आधार मूल्य ७४ म्याचका आधारमा गणना गरिएको भए पनि आगामी ५ वर्षमा ४ सय १० म्याच हुने सम्भावना रहेको बोर्डले बोलपत्रदातालाई जानकारी दिएको छ ।
आरक्षित मूल्यमा बीसीसीआईले लगभग ३६ हजार करोड रुपैयाँ कमाउनेछ । जुन पछिल्लो पटक डिज्नीस्टारको १६ हजार ३४७ करोड भारुको बोली भन्दा दोब्बर हो ।