काठमाडौं । सरकारले नयाँ बजेट ल्याएको केही दिनपछि चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा सार्वजनिक गरेको निटा भीको मूल्यलाई लिएर अटोपारखीहरु सामाजिक सञ्जालमा चर्को विरोधमा उत्रिएका छन् ।
अटो पारखीहरुको दाबी छ–चौधरी ग्रुपले १३ लाख भित्र्याएको निटा भी विद्युतीयको गाडी ३८ लाख रुपैयाँ मूल्य सार्वजनिक गरेपछि नाफा अत्यधिक राखेको भन्दै आलोचना भएको छ ।
अटो पारखी सामाजिक सञ्जालमार्फत चौधरी ग्रुपमाथि खनिए कम्पनीले निटा भी उत्पादन गर्ने कम्पनी होजोन अटो र सीटी मोटर्सले संयुक्त विज्ञप्ति निकाल्दै नेपाल सरकारले विद्युतीय कारमा आईसी इन्जिनयुक्त कारको तुलनामा कुर सहुलियत दिएको छ । त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन । तर, चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ । यसरी दिइएको सहुलियत निर्यात हुने कारमा लागू हुँदैन ।
चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रदेश सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका हुन्छन् । जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ उपभोक्तलाई हुन्छ ।
त्यसका अलवा चीन सरकारले कार्बन उत्सर्जन कम गरेवापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ । यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन । त्यही भएर नेपाल भित्रिएको निटा भी महँगो भएको कम्पनीको दाबी छ ।
तर, भन्सार विभागले उपलब्ध गराएको प्रज्ञापन पत्र अनुसार चौधरी ग्रुपले भित्र्याएको दुईवटा गाडीको मूल्य ३३ हजार डलर छ । दुई गाडीको अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक सुधार शुल्क १३ लाख ८७ हजार ७११ रुपैयाँ छ ।
गाडीको मूल्य ६० लाख २५ हजार ५०७ रुपैयाँ निर्धारण भएको देखिन्छ । यसमा सोरुम, प्रवर्द्धन र कर्मचारी खर्च जोडिएको छैन ।
चौधरी प्रतिगाडीको मूल्य ३८ लाख रुपैयाँ निर्धारण गरेको छ । सरसर्ती हिसाव गर्दा एउटा गाडीको मूल्य भन्सार पास हुँदा ३० लाख १२ हजार ७५३ रुपैयाँ निर्धारण भएको देखिन्छ । यही मूल्यलाई लिएर अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको देखिएको छ ।
तर, सामाजिक सञ्चालका प्रयोगकर्ताले भनेजस्तो १३ लाख रुपैयाँ गाडी नेपाल भित्र्याएर ३८ लाख लिन खोजेको भन्ने दाबी सत्य होइन ।