काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने अन्तिम तयारी छन् । मर्जरका लागि दुई बैंकले आज (जेठ २७ गते) शुक्रबार सम्झौता गर्नेछन् ।
दुई बैंकबीच मर्जरका लागि केही समय अघिदेखि नै छलफल चल्दै आएको थियो । अहिले इन्भेस्टमेन्टले १००ः९० प्रतिशतको स्वाप रेसियो दिएर मेगालाई गाभ्न लागेको हो ।
स्रोतका अनुसार दुई बैंकबीच आज साँझ ६ बजे मर्जर तथा एक्विजिसनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
स्रोतका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ र अध्यक्ष इन्भेस्टमेन्टबाट र सिडियो मेगा बैंकबाट रहनेछन् ।
दुवै बैंकबाट सञ्चालकमा भने ३/३ जना गरी ६ जना रहनेछन् ।
मर्जपश्चात् बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहनेछ ।
इन्भेस्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जर तोडिएपछि राष्ट्र बैंकको कारबाहीमा परेको छ । बैंकले अन्य कुनै संस्थालाई गाभेपछि मात्रै बैंक केन्द्रीय बैंकको कारबाहीबाट मुक्त गर्नेछ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड पुँजी रहेको छ । दुवै बैंक १००ः९० अनुपातमा मर्ज मर्ज हुँदा चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
मर्जपश्चात् बैंकको सञ्चित कोष ‘रिजर्भ’ १८ अर्ब ७ करोड पुग्नेछ । दुवै बैंकको निक्षेप ३८७ अर्ब ८७ करोड रुपैयाँ र कर्जा ३१२ अर्ब ६८ करोड पुग्नेछ ।
चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासम्ममा मेगा बैंकले २ अर्ब ४ करोड खुदनाफा गरेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४७ करोड खुदनाफा गरेको छ ।