काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको एक अध्ययनमा हवाई सुरक्षा व्यवस्थापनमा हेलिकप्टरतर्फ सबैभन्दा अगाडि मनाङ एयर देखिएको छ ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको समितिले गरेको अध्ययनमा १० वटा हेलिकप्टर कम्पनीमध्ये हवाई सुरक्षा व्यवस्थापनमा सबैभन्दा पहिलो मनाङ, दोस्रोमा माउन्टेन र तेस्रोमा हेलि एभरेष्ट रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदनमा जहाज कम्पनी र हेलिकप्टरबीच प्रति वायुयान जनशक्तिको अवस्था तुलना गर्दा हेलिकप्टरको अवस्था कमजोर देखिएको समेत उल्लेख छ ।
हेलिकोप्टर कम्पनीको कार्यान्वयन दर
मनाङ एयरः ७७ प्रतिशत (सन २०२० मा ६६ प्रतिशत)
माउन्टेन हेलीः ७२ प्रतिशत (सन २०२० मा ६७ प्रतिशत)
हेली एभरेष्टः ७२ प्रतिशत (सन २०२० मा ७७ प्रतिशत)
सिम्रिक एयरः ७१ प्रतिशत (सन २०२० मा ७१ प्रतिशत)
एयर डाइनेष्टीः ७० प्रतिशत (सन २०२० मा ५९ प्रतिशत)
अल्टीच्यूड एयरः ६६ प्रतिशत (सन २०२० मा ६३ प्रतिशत)
प्रभु हेलीः ४५ प्रतिशत (सन २०२० मा २६ प्रतिशत)
फिस्टेल एयरः १५ प्रतिशत (सन २०२० मा ३१ प्रतिशत)