एजेन्सी । प्रसिद्ध जर्मन गाडी उत्पादक फक्सवागन एजीले पहिलो इलेक्ट्रिक कार आईडी फोर स्पोर्ट्स युटिलिटी भेहिकल अर्को वर्ष भारत ल्याउने भएको छ । दक्षिण एसियाली मुलुकहरुले विद्युतीय सवारी साधनहरूलाई जोड दिइरहेका बेला फक्सवागनले भारतमा विद्युतीय कार बिक्री गर्न लागेको हो ।
जर्मन कार निर्माता फक्सवागनले आफ्नो प्राविधिक क्षमताको लागि सेप्टेम्बरको वरिपरि आईडी फारे को परीक्षण सुरु गर्नेछ । परीक्षण सफल भएपछि कम्पनीले अर्को वर्ष सीमित संख्यामा विद्युतीय कार बिक्रीका लागि ल्याउने भारतमा फक्सवागन कार डिभिजनका ब्रान्ड निर्देशक आशिष गुप्ताले बताए । भारतीय बजारमा आएपछि विद्युतीय कार नेपालमा भित्रिने छ ।
भारत सरकारले अटोमेकरहरूलाई २५०० विद्युतीय कार मात्र आयात गर्न अनुमति दिएकोले फक्सवागनले बजार परीक्षण गर्नको लागि आफ्नो ग्लोबल इलेक्ट्रिक पोर्टफोलियोलाई त्यो सीमा भित्र ल्याउने गुप्ताले जानकारी गराए ।
सबै २५०० युनिट आयात गर्न चाहेको भए पनि आपूर्ति शृङ्खलाको अवरोधका कारण विश्वभर सवारीसाधनको उपलब्धता चिन्ताको विषय बनेको छ ।
फक्सवागनले सन् २०२५ देखि सन् २०२७ मा भारतमा विद्युतीय कारहरूको स्थानीय एसेम्बली सुरु गर्ने गुप्ताले बताए । त्यस समयमा कार निर्माताले आफ्नै ब्याट्रीहरू बनाउने विचार गर्नेछन् । इभीको सबैभन्दा महँगो कम्पोनेन्ट ब्याट्री भारतमा उत्पादन गर्ने तयारी फक्सवागनको छ ।
भारत विश्वको चौथो ठूलो अटोमोबाइल बजार हरित गतिशीलताको दौडमा विश्वव्यापी कार निर्माताहरूबाट चासो बढ्दै गएको छ। फक्सवागनको ईभीले भारतमा होन्डा मोटर कम्पनीको पहिलो हाइब्रिड इलेक्ट्रिक सेडानसँग प्रतिस्पर्धा गर्नेछ । जसको मूल्य १९ लाख ५० हजार भारु ( लगभग २५ हजार डलर ) छ।
जापानको टोयोटा मोटर कर्पोरेशनले हाइड्रोजनबाट सञ्चालित इन्धन सेल कार, मिराईलाई स्थानीय सडक र मौसमको अवस्थाका लागि अनुकूलन गर्न सहमत भएको छ।
किया कर्पले योपछि आफ्नो पहिलो इलेक्ट्रिक कार देशमा ल्याउँदैछ। वस्तुको मूल्य वृद्धिले फोक्सवागनको मार्जिनमा महत्त्वपूर्ण प्रभाव पारेको गुप्ताले जानकारी गराए । यो वर्ष औसतमा १० देखि १२ प्रतिशत वृद्धि भएको लागतले सवारीसाधनको मूल्य अझै बढाउने गुप्ताको भनाई छ ।
फक्सवागनसहित धेरै कार निर्माताहरूका लागि युक्रेन विशेष कम्पोनेन्टहरू प्रदायक थियो । जसको आपूर्ति युद्धका कारण प्रभावित भएको छ। रसिया र युक्रेन निकल जस्ता धातुका प्रमुख स्रोत हुन्, जुन अटोमोबाइलका लागि उच्च शक्तिको स्टील बनाउन प्रयोग गरिन्छ ।
फक्सवागनले विद्यमान आपूर्तिकर्ताहरूको क्षमता बढाउन र वैकल्पिक आपूर्ति श्रृंखलाहरू बनाउन प्रयास गरिरहेको छ। यसले इन्फोटेनमेन्ट र डिस्प्ले प्रणालीको कमीलाई सामना गर्न कारहरूमा नयाँ भेरियन्टहरू उपलब्ध गराउँदै आएको उनले बतए।
आपूर्ति श्रृंखला अवरोध कम्तिमा छ महिनासम्म जारी रहने संभावना देखिएको छ। फक्सवागनका कारहरूका लागि उच्च प्रतिक्षा समय आएको छ।