क्रिसमसपूर्व जुम कलबाट ९०० जना कर्मचारीको जागिर चैट पारिदिने विशाल गर्ग पुनः एकपटक चर्चामा छन् ।
अनलाइन मोर्टगेज कम्पनी बेटर डटकमका भारतीय मूलका सीईओ गर्गमाथि लगानीकर्तालाई भ्रममा राखेको आरोप लागेको छ ।
कम्पनीका एक पूर्वकर्मचारीले गर्गमाथि आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन् ।
सफ्टबैंकको लगानीकर्ता रहेको बेटर डटकमले पब्लिक हुनका लागि एक वर्षअघि एक कम्पनीसँग ७.७ अर्ब डलरको मर्जर डिल भएको थियो । तर, यो स्पाक डिल अघि बढ्न सकेन ।
गर्गसँग जोडिएको विवाद र मोर्टगेज रेटमा बढोत्तरी हुँदा कम्पनीको बिजनेस खस्किरहेको छ।
सीएनएनको रिपोर्टअनुसार बेटर डटकमकी पूर्वएक्जिक्युटिभ भाइस प्रेसिडेन्ट सारा पियर्सले गर्गविरुद्ध मुद्दा दायर गरेकी हुन् । मुद्दामा गर्गले स्पाक मर्जर डिल अघि बढाउनका लागि बेटर डटकमको वित्तीय अवस्थाबारे लगानीकर्तालाई भ्रममा राखेको आरोप छ ।
यो मुद्दा अमेरिकास्थित एउटा जिल्ला अदालतमा दायर भएको छ । यसमा पियर्सको आरोप छ कि, उनले उल्लिखित डिलमा आपत्ति जताउँदा जागिरबाट निकालिएको थियो ।
यस्तै दायर भएको मुद्दामा कम्पनीको तर्फबाट मुआब्जाको समेत माग गरिएको छ ।
‘गर्गले धेरैपटक ब्याजदरमा कैयौं गलत अनुमाए लगाए’, पियर्सको भनाइ छ, ‘गर्गले कथित रुपमा राष्ट्रपति जो बाइडने छिटै कोभिडले मर्ने र यसले मोर्टगेज रेट बढ्नाका साथै सेल्स पनि बढ्ने बताएका थिए ।’
गर्गले ९०० जना कर्मचारी निकालेको भिडियो भाइरल भएको थियो । त्यसपछि उनको चर्को आलोचना भयो । पछि उनले माफीसमेत मागेका थिए ।
विवादका कारण लामो छुट्टीमा बसेका गर्गले पछिल्लो समय पुनः पद सम्हाल्दै आइरहका छन् ।