काठमाडााै। काठमाडाैंस्थित किंग्स कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ ।
यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ ।
कलेजका विद्यार्थीहरूद्वारा मञ्चित यस नाटकले आलंकारीक रूपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनीधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा महिलाको अवस्था र शोमा परिवर्तन ल्याउन उनीहरूको अपेक्षित प्रतिनिधित्वलाई नाटकले खास जोड दिएको छ ।
व्यावसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत ब्यापार एवं उद्यमशीलताको शिक्षामा श्रृजनशीतला, साहित्य तथा नविनताका अवयवहरूलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परीक्षण गर्नका लागि यस अवधारणालाई अगाडि सारिएको नाटक संयोजक दिक्षित भट्ट बताउँछन् ।
त्यसो त कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको बिबिए इन अप्लाइड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ ।
कलेजका प्राद्यानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानविय–मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीहरूलाई व्यापार व्यवसायमा कला, साहित्य, श्रृजनशीलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराइ व्यावसायिक जीवन सफल बनाउन सिकाउने उदेश्य राखी बीबीए इन अप्लाईड आर्ट एन्ड डिजाइन कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।
‘हामीले सुरुमा यसै नाटकलाई मोड्युलका रूपमा बीबीए इन अप्लाइड आर्ट एण्ड डिजाइनका विद्यार्थीहरूलाई अध्ययन गरायाैं र शाेपश्चात सोही नाटकको मञ्चन गराइ विद्यार्थीहरूमा कलाप्रति अभिरुचि जगाउने प्रयास गरेका छाैं,’ प्रधानाध्यापक अर्यालले जानकारी दिए ।