काठमाडौं । नेपाल पर्वतारोहण संघमा विधान मिचेर सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ । नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रक्रियामा भाग लिनका लागि कम्तिमा ६ महिना अघिनै सदस्यता नविकरण गर्नुपर्ने संस्थाको विधान र दर्ताको ऐनमा उल्लेख छ ।
तर, विभिन्न बाहनामा विधान र ऐनलाई लत्याउँदै निर्वाचन आयोगले मंगलबार १२०६ जना सदस्यहरुको नामावली प्रकाशन गरेको छ । संघले दिएको जानकारी अनुसार ६ महिना अघि सदस्यता नविकरण गर्नेहरुको संख्या २४१ जना मात्र हो ।
हालको नेतृत्वले विभिन्न सहमतिको आधारमा आइतबार बेलुकीसम्म नविकरणको लागि अन्तिम समय राखेको थियो । त्यहि आधारमा बाँकी ९६५ जनाले नविकरण गरेको पाइन्छ ।
मतदाता नामावली सार्वजनिक गरिएसँगै केहि असन्तुष्टहरुले निर्वाचन आयोगमा समेत उजुरी हालेका थिए । उनिहरुले संस्थाको विद्यान र ऐन विपरीत गएर सार्जजनिक गरिएको सदस्यहरुको नामावली फिर्ता हुनुपर्ने र ६ महिना अघिनै नविकरण गरेका २४१ जनाले मात्र निर्वाचनमा भाग लिन पाउनु पर्छ भन्दै उजुरी दर्ता गराएका थिए ।
ती सदस्यले दिएको उजुरीलाई बेवास्था गर्दै निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडी बढाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राधिका खतिवडाले कार्यसमिति र विभिन्न संघसंगठन बीचको सहमतिका आधारमा सदस्यहरुको नामावली सार्वजनिक गरिएको जानकारी दिइन् ।
कोभिडका कारण बीचमा साधारण सभा गर्न नसकिएको कार्यसमितिको भनाई र उच्च अदालत पाटनको निर्वाचन प्रक्रिया अगाडी बढाउन दिएको निर्देशनलाई पनि अध्ययन गरि बाँकी सदस्यहरुले पनि निर्वाचनमा भाग लिन पाउने गरि व्यवस्था मिलाइएको उनले बताइन् । आफुहरुले विधि र विधानलाई उल्घन नगरेको बताउँदै कार्यसमिति र विभिन्न मजदुर संघसंठनहरुसँगको रायसुझावको आधारमा निर्णय गरेर अघि बढेको जानकारी दिइन् ।
संघको आगामी नेतृत्वका लागि २८ गते मतदान हुदै छ । यस विचमा पटक पटक स्थगन हुँदै आएको संघको नयाँ नेतृत्वका लागि दुई समूह निर्वाचनमा होमिने निश्चित भएको छ । नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी सहित राजनीतिक दल संम्बद्ध सदस्यहरुबाट सयुक्त रुपमा अध्यक्षका लागि निमानुरु शेर्पाले उम्मेद्धवारी दर्ता गराएका छन् भने स्वतन्त्रबाट राजेन्द्रमान श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् ।
यस्तै अध्यक्ष बाहेक बरिष्ठ उपाध्यक्ष माया शेर्पाले पनि छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । उनले निर्वाचनमा स्वतन्त्र तथा गैह्र राजनीतिक समावेशी,आरोही,व्यवसायी लगाएतको समक्षम समूहलाई भोट दिनुपर्छ भन्ने नारा बनाएर अघि बढेकी छिन् ।