काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका गाडीहरूले यतिबेला नेपालमा नयाँ उचाइ पाइरहेको छ । विभिन्न श्रेणीमा कम्पनीको विभिन्न मोडलहरूले ख्याति कमाइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टाटा मोटर्सको ह्याचब्यागदेखि एसयूभीसम्मले प्रतिस्पर्धात्मक बजार पाइरहेको छ ।
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि हो । सिप्रदीले बजार विस्तारमा आक्रामक भई विस्तारका हरेक खण्डमा सिप्रदी अग्रपन्थीमा रहेको कम्पनीको दाबी छ । सिप्रदीका अनुसार टाटाको विभिन्न मोडलमध्ये टियागो विशेष रूपमा कर्पोरेट क्षेत्रमा रुचाइएको छ । ह्याचब्याग सुरक्षित हुनुका साथै आकर्षक र आरामदायी रहेकाले टाटाको टियागोले बजारमा राम्रो बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार मासिक हिसाबमा समेत टियागोको बिक्रीदर उल्लेखनीय रूपमा बढीरहेको छ । टाटा मोटर्सले टियागो निर्माणको समयमा गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र हेरेको छैन । कम्पनीले गाडीलाई सुरक्षित बनाएको छ भने ह्याचब्याग संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्स र पावरमा विशेष जोड दिएको जनाएको छ । त्यस्तै, टियागो बजेटमैत्री छ भने ग्राहकहरूले उच्च सर्भिस अनुभव गर्न पाउँछन, कम्पनीले भन्यो ।
साथै, टियागोले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा ४ स्टार पाएको छ । यसै सन्दर्भमा हिमालयन बैंक लिमिटेडको आइटीका सहायक प्रबन्धक मनोज राजकर्निकार भन्छन्, ‘गाडीमा दिइएको सुरक्षा रेटिङले निर्धक्क रूपमा गाडी चलाउन एक प्रकारको विश्वास दिएको छ । म टियागोमा उत्तम ड्राइभिङ अनुभवका साथ ढुक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्न सक्छु ।’
टाटा मोटर्सले टियागोमा सुरक्षाको लागि डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भनेर हेर्न मिल्ने स्क्रिन), इबिडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफगरसहितको रिअर वास वाइपर, १५ इन्चको अलोय ह्विल लगायतका विशेषताहरू समावेश गरेको छ । त्यस्तै, गाडीमा पंचर रिपेयर किट पनि राखिएको छ ।
बैंकको आइटी सहायक प्रबन्धक मनोजलाई गाडीमा भएको सुरक्षासँगै यसको आन्तरिक विशेषताहरूले पनि लोभ्याएको बताउँछन् । उनले गाडीमा भएको म्युजिक सिस्टम निकै राम्रो लागेको बताए । टियागोमा ८ वटा स्पिकर छ जसले गर्दा हरेक सिटमा बस्ने व्यक्तिले उत्तिकै आवाज र बेसमा गीत अथवा अन्य अडियो सुन्न सक्ने कम्पनीले जनाएको छ ।
आईएमई लाइफका पोखरा क्लस्टर प्रमुख कृष्ण पौडेल पनि टियागोमा भएको ब्लुटुथ म्युजिकदेखि सन्तुष्ट छन । उनी आफूलाई यो फिचरसँगै स्टेरिङबाटै फोन उठाउन सक्ने प्रविधि पनि मनपर्ने बताउँछन्। ‘अझ टियागो एक पर्फेक्ट फ्यामिली गाडी हो। बच्चाहरूको सुरक्षाका लागि यसमा भएको चाइल्ड लक सिस्टम पनि निकै राम्रो छ,’ आईएमई लाइफका क्लस्टर प्रमुख कृष्णले भने ।
नेपाल एसबीआई बैंक दाङका शाखा प्रबन्धक सञ्जीव ढुंगेल पनि टाटा टियागो पारिवारिक गाडी रहेको बताउँछन् । उनलाई पनि गाडीमा भएको सुरक्षा विशेषताहरू मनपरेको बताउँदै भने, ‘टियागो निकै सुरक्षित छ। यसमा भएको पार्किङ सेन्सरले गाडी पार्क गर्न पनि मद्दत मिल्छ। सिटहरू पनि आरामदायी छन् भने आन्तरिक स्पेस पनि खुला र पर्याप्त छ ।’’
यसबाहेक आफूलाई टियागोले दिने माइलेज सन्तोषजनक रहेको उनी बताउँछन्। टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ भने प्रतिलिटर यसले २० किलोमिटरसम्मको माइलेज दिन्छ ।
प्रभु बैंक झापाका शाखा प्रबन्धक उपेन्द्र नेपाल १२०० सिसीको कारमध्ये टाटा टियागो निकै अब्बल र राजमार्गहरूको लागि समेत उपयुक्त रहेको बताउँछन् । ‘टाटा टियागोमा उपभोक्ताले चाहके विशेषताहरू छन्। १२०० सिसी क्षमतामा यत्तिको गाडी हुनु भनेको तारिफयोग्य छ। माइलेज बढी दिनुका साथै टियागोको ग्राउन्ड क्लेरेन्स पनि तुलनात्मक रूपमा राम्रो छ ।’
टाटा टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २४०० एमएम ह्विलबेस छ । यसमा ११९९ सिसी डिस्प्लेसमेन्ट दिइएको छ भने १.२ लिटर रिपोट्रोन, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । यो इन्जिनले ६,००० आरपिएममा ८६ पीएस पावर र ३,३०० आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ ।
टियागो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।
सानिमा बैंकका इन्टर्नल अडिट उप–प्रमुख सबिता ढकालको पहिलो रोजाइ पनि टाटा टियागो हो । उनलाई सोध्दा गाडीमा बढी ग्राउन्ड क्लेरेन्स भएको, ड्राइभिङ अनुभव पनि सहज भएको र यसको डिजाइन पनि राम्रो भएको बताउँछिन् ।
उनी भन्छिन्, ‘टियागोमा गियर सिफ्टिङ पनि सहज छ । स्टेरिङ कन्ट्रोल समेत आरामले गर्न सकिन्छ । त्यसैले टियागो मेरो रोजाइको गाडी हो ।’
यता नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रबिन बरिया टियागोको आन्तरिक विशेषता आकर्षक लागेको बताउँछन्। ‘टियागोको आन्तरिक डिजाइन प्रिमियम छ,’ उनले भने ।
टियागोको ड्यासबोर्ड डुअल टोनमा छ । भित्र यात्रु तथा चालकको लागि पर्याप्त ठाउँ दिइएको छ । ड्राइभर सिट पनि आफू अनुकूल मिलाउन सकिन्छ । गाडीको अगाडि भागका सिटहरूमा हेडरेस्ट छ। त्यस्तै, यसमा कुल्ड ग्लोबबक्स र बीचमा कप होल्डर पनि छ ।
नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रबिनका अनुसार टियागोमा भएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ७ इन्चको इनफोटेनमेन्ट स्क्रिनले पनि गाडी चलाउँदा सहजता मिल्छ। यसमा एप्पल कार प्ले र एनड्रोइड अटो कनेक्टिभिटी विशेषता पनि समावेश गरिएको छ।
यसबाहेक टियागोमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू पनि पाउन सकिन्छ। टियागोको डिकी क्षमता भने २४२ लिटरको छ ।
टाटा टियागो यसै ग्राहकहरूको रोजाईको गाडी बनेको भने पक्कै होइन। उहाँहरूले गाडी किन्न खर्चेको रकमबापतको सेवा टियागोमा अनुभव गर्न सक्छन्। त्यसैले पनि टियागो किफायती वा भनौं बजेट–मैत्री गाडीको रूपमा लिइन्छ ।
टाटा पेसेन्जर भेइकल बिजनेस युनिटका सेल्स तथा मार्केटिङका प्रमुख शावन्त जंग सिजापतिका अनुसार पनि ग्राहकहरूको रोजाइ विशेषतयाः सुरक्षित सावरीतर्फ रहेको बताउँछन् । उनले टियागो सुरक्षित गाडी भएकाले धेरै ग्राहकहरू यसमा आकर्षित भएको बताए ।
‘आकारको हिसाबमा पनि चिटिक्क परेको टियागो विशेष कर्पोरेट क्षेत्रका ग्राहकहरूको रोजाइमा परिरहेको छ । कर्पोरेट क्षेत्रका व्यक्तिहरू आफ्नो र परिवार सुरक्षामा बढी संवेदनशील हुन्छन्। त्यसैले पनि यो क्षेत्रको ग्राहक बढी भएका हुन्,’ उनले भने ।
यसबाहेक ग्राहकहरूले लगानी गरेको कुनै पनि क्षेत्रबाट आफूले खोजेजत्तिकै सुविधा खोज्ने हुँदा टियागो उपयुक्त हुने सिजापतिले बताए । उनले भने, ‘भ्याल्यू फर मनी खोज्ने ग्राहकहरूको लागि पनि टियागो उपयुक्त छ । त्यस्तै, गाडी खरिद पछि टाटाले दिने सर्भिस सुविधाहरू पनि छिटो र किफायती छ ।’
नेपाली बजारमा टाटाको टियागो एक्सई, एक्सटी, एक्सजेड, एक्सजेडए, एक्सजेड प्लस र एक्सजेडए भेरियन्टमा उपलब्ध छ । ग्राहकहरूले रातो, निलो, सेतो र ग्रे गरी चार विभिन्न रंगमध्ये आफूलाई मनपर्ने रंगमा टियागो खरिद गर्न सक्छन् ।
टाटा मोटर्सले आफ्नो ७५ वर्षदेखि चलिआएको विरासत विस्तार गर्दै सम्हालिरहेको छ। यसले आन्तरिक र बाह्य बजारमा समेत निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।