काठमाडौं । एनआईसी एसिया बैंकले बाबुनानी बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिका लागि सर्वश्रेष्ठ बाबुनानी बचत खाता सञ्चालनमा ल्याएको हो ।
उक्त बाबुनानी खातामा थोरै–थोरै बचत गरेर भविष्यमा धेरै फाइदा लिन सकिन्छ बैंबले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हरेक बालबालिकालाई बचत गर्ने बानी बसाउने अभियान स्वरुप यो खाता ल्याएको बताए ।
‘बालबालिकाहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि भनेर हामीले सर्वश्रेष्ठ बाबुनानी बचत खाता सञ्चालनमा ल्याएका हौं,’ न्यौपानेले भने ।
यो बच्चाहरुको अधिकारसँगै बाबुआमाको कर्तव्य पनि भएको उनको भनाइ छ । हरेक बाबुआमाको कर्तव्यलाई कार्यान्वयन गर्न बैंकले विभिन्न सुविधासहित सर्वश्रेष्ठ बाबुनानी बचत खाता ग्राहक माझ ल्याएको न्यौपानेले बताए ।
बाबुनानी बचत खाता विशेष गरेर १८ वर्षदेखि तलका बालबालिकाका लागि रहेको बैंकले जनाएको छ । बाबुनानी खाता खोल्दा कुनै पनि शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार बाबुनानी खातामा बचत गर्दा ८.०३ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।
बैंकमा बाबुनानी खातामा डिम्याट खाता र मेरो शेयरको लागि एक वर्षसम्म निःशुल्क सञ्चालन गर्न पाउने सुविधा उपलब्ध गराएको छ ।
‘यसरी बालबालिकाको नाममा अहिलेदेखि आईपीओमा लगानी गर्दा परेको आईपीओले बालबालिकाको भविष्यमा अध्ययन धान्न निकै नै सहज हुने देखिन्छ,’ न्यौपानेले भने । यसरी आईपीओ भर्दा बैंकका ग्राहकलाई कुनै सेवा शुल्क लाग्दैन ।’
साथै, खाता खोल्ने हरेक ग्राहकले एक वर्षसम्म मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा एक वर्षको लागि निःशुल्क उपब्ध गराइने न्यौपानेले बताए ।
उनका अनुुसार मुलुकभर सञ्चालनमा रहेका एनआईसीको कुनै पनि शाखाबाट खोल्न सकिनेछ । साथै अनलाइनबाट पनि खोल्न सकिने न्यौपानेले जानकारी गराए ।
बाबुनानी खाता खोल्दा अभिभावकले नै चलाउने गरी खाता खोल्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार ‘पाँच वर्षको बच्चा छ । उसको नाममा फर्म भर्नुपर्छ । तर, त्यो खातामा पैसा डिपोजिट र झिक्ने काम, खाता सञ्चालन भने अभिभावकले गर्नुपर्ने हुन्छ ।
खाता खोल्दा अभिभावकको फोटो र जुन बच्चाको नाममा खाता खोल्ने हो उसको फोटो अनिवार्य चाहिन्छ । साथै, बच्चाको परिचय खुल्ने कुनै पनि एक परिचयपत्र चाहिन्छ ।
यसका लागि जम्मदर्ता सबैभन्दा उपयुक्त हो । जन्मदर्ता परिचयपत्र भएपछि बैंकको खाता खोल्न सकिन्छ । यसरी खाता खोल्दा डिम्याट र मेरो सेयर सञ्चालन गर्न पनि सकिन्छ ।’
नेपालमा कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या १८ वर्षमुनिका बालबालिका रहेकाले सोही कुरालाई मध्येनजर गर्दै बैंकले सर्वश्रेष्ठ बाबुनानी बचत खाता ल्याएको जनाएको छ ।
बैंकका हाल मुलुकभर ३ सय ५९ शाखा कार्यालय र ४ सय ७३ एटीएम मेसिन सञ्चलनमा छन् ।