काठमाडाैं । ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुप नेपालभर विद्युतीय दुईपाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेसन ल्याउनका लागि वृद्धि-शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ।
साे कम्पनीले विज्ञप्तिअनुसार यस सम्झौताले वातावरणमैत्री यातायात समाधानहरूको लागि नेपाली उपभोक्ताहरुको आवस्यकता र नेपाली बाटो र माटोलाइ सुवाउने स्कुटर भित्र्यउने छ ।
५० भन्दा बढी देशमा ४ दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित,ओइजीजीको पछिल्लो उत्पादन ओकाया इभीलेले आइओटी नेपालमा नयाँ, सक्तिशाली, र बहुउपयोगी हुने कुरामा बिस्वस्त रहेकाे छ ।
यी स्कुटरहरुमा ४.४ किलाेमिटरमा कुनै अन्य ई-स्कुटरमा फिट गरिएको भन्दा उच्चतम क्षमताको ब्याट्री राखिएकाे छ । जसले सिंगल चार्जमा १४०-१६० किलोमिटरको यात्रा गर्न सकिन्छ । ७० किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्छ।
अन्य जानकारी यस कम्पनीले केही समयमा सार्बजनिक गर्ने जनाएको छ ।
शशीला मोटर्स, कमर्सियल गाडीको क्षेत्रको अग्रणी डिलरसिप, एक माइलस्टोन सेटर हो जसले सञ्चालनको सात वर्षभित्र ६ हजारभन्दा बढी गाडीहरू बिक्री गरेको छ।
किया मोटर्सको डिलरसिप र विभिन्न विश्वव्यापी हेवी उपकरण ब्रान्डहरू यसका अन्य सहकार्यहरू हुन् जसले यसको ग्राहक-केन्द्रित दृष्टिकोणका लागि धेरै प्रशंसा जितेको छ।