काठमाडौं । नेपालको राजनीतिक वृतमा चर्चाको शिखरमा रहेका युवा नेतृत्वहरु मध्येकी हुन् सहरी विकासमन्त्री रामकुमारी झाँक्री ।अनेरास्ववियुको अध्यक्ष बनिसकेका झाँक्री युवाहरुबीच लोकप्रिय नेतृको रुपमा परिचित छिन् । विद्यार्थी आन्दोलनमा अग्रस्थानमा रहेर चर्को भाषण गर्ने उनै झाँक्री सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको ८ महिनामै विदा भइन ।
विषेश गरेर नेकपा एमाले फुटेर नेकपा एकिकृत समाजवादी पार्टी गठनको बेला अध्यक्ष माधवकुमार नेपालको हात समातेर डोर्याएको फोटो र विषय निकै चर्चामा रह्यो । सायद,त्यसैको गुन तिर्न हुन सक्छ, गठबन्धनको पहिलो कार्यकालमै झाँक्रीले सहरी विकास मन्त्रीको रुपमा नियुक्ती पाएकी हुन । मन्त्रीको रुपमा उनको पहिलो अनुभव थियो ।
नयाँ जोशका साथ मन्त्रीको रुपमा गएका झाक्रीसँग धेरैले आशा र अपेक्षाहरु गरेका थिए । उनी सरकारमा सहभागी भएको पहिलो पटक भएकैले केह िसमय सिक्दा सिक्दै र बुझ्दा बुझ्दै गएको टिप्पणी हुन थालेको छ ।
उनले अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तामार्फत १० करोड रुपैयाँसम्मको काम गर्न दिने गरी बजेटमा समेटिएको विषयलाई समेत चुनौती दिँदै आफ्नो मातहतका निकायहरुलाई सर्कुलर जारी गरेकी थिइन । उपभोक्ता समितिमार्फत काम गराउँदा चरम भ्रष्टचार भएको र गुणस्तरहिन काम भएको भन्दै त्यसलाई नियमन समेत गर्ने प्रक्रिया अगाडी बढाएका थिए ।
उपभोक्ता समितिलाई प्रसय दिनुहुन्न भन्ने धारणामा मन्त्री झाँक्री अडिग देखिन्थिन । अर्थमन्त्री शर्माले श्रम सहकारीमार्फत १० करोड रुपैयाँसम्मको काम दिने तयारी गरे पनि उनको असहमतिकै कारण त्यो योजना सफल हुन सकेन । जुन,निर्माण क्षेत्रमा चर्चाको विषय बनेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मन्त्री झाँक्री सम्झना लायकको काम केही नगरे पनि नराम्रो नगरेको टिप्पणी गरे । उनले मन्त्रालयलमा धेरै सुधारका प्रयासहरु गरेको भए पनि सिक्दा सिक्दै उनको कार्यकाल सकिएको बताए । निर्माणमैत्री नीतिहरु ल्याउन र कार्यालयहमा सहजिकरणका लागि मन्त्री झाँक्री लागि परेको भए पनि समय अभावका कारण उनले सोचेको जति काम गर्न नसकेको भनाई महासंघका अध्यक्ष सिंहको छ ।
नयाँ सहर निर्माणका लागि प्रक्रियाहरु अगाडी बढाए पनि काठमाडौंको फोहोर व्यवस्थापनका लागि भने उनको कार्यकाल चुकेको देखिन्छ । सिसडोल र बन्चरेडाडामा फोहोर व्यवस्थापनका लागि पूर्वाधार बनाउने योजना असफल भएको छ । काठमाडौं उपत्यकाको सबैभन्दा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वधार निर्माणमा मन्त्रालयको ढिलाईकै कारण अहिले समस्याको रुपमा देखा परेको छ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता ढंगोलको टाउको दुखाईको विषयनै फोहोर व्यवस्थापन बनेको छ ।
महानगरले भन्दा पनि स्थानीयहरुको माग सम्बोधन गर्नुपर्ने विषय सहरी विकास मन्त्रालयको रहेकोले मेयर उपमेयरले मन्त्री झाँक्रीलाई एक सातामै दुइ पटक भेटेका थिए । उनै मन्त्री झाँक्री ८ महिने कार्यकाल पुरा गरेर फिर्ता हुने भएका छन् ।
हुन त झाँक्री ठाउँमा मेटमणि चौधरी आउने निश्चित जस्तै भएको छ । चौधरी पनि पछिल्लो पुस्ताको चर्चित नेताको रुपमा चिनिन्छन । झाँक्रीले चाहेका र बाँकी कामहरु चौधरीले निरन्तरता दिएर व्यवस्थीत सहर बनाउन मूख्य भूमिका निर्वाह गर्न सक्ने छन् ।