काठमाडौं । लक्ष्मी बैंकले वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन’ बचत खाता पुनः सुरू गरेको छ। ५० औं विश्व वातावरण दिवसको अवसर पारेर बैंकले यो खात पुनः सुरू गरेको हो।
डिजिटल बैंकिङ र भिडियो केवाइसीजस्ता सेवाका कारण यो खाता पूर्ण कागजविहीन छ। यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशत ब्याजदर पाउँछन्। साथै ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क पाइन्छ।
बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धताअनुसार ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने विश्वास छ। प्रत्येक ग्रिन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्नेछ।
त्यस्तै, ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय उर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दीगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले बताएको छ।
यो पहलमार्फत बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दीगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ। बैंक एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप(क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ। जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने विश्वास छ।
विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि क्युआर भुक्तानी गर्दा १० प्रतिशत (प्रतिव्यक्ति ५० रुपैयाँसम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो।
यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टसमार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रिन प्याकेज एक वर्षका लागि निःशुल्क नवीकरण गर्न सक्छन्।