काठमाडौं । एनएमबी बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था 'छोरी'मा आबद्ध दिदी-बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी-बहिनीहरुको उपस्थिति थियो । साे बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदी-बहिनीहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
साे कार्यक्रममा एनएमबी बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति थियो ।
विगतका वर्षहरुदेखि नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तीकरणको लागि बिभिन्न समयमा बिभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
छोरी संस्थाका दिदी-बहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ ।
एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरेकाे छ ।