काठमाडौं । हेलिकप्टर उडानमा अव दुई जना पाइलट राख्नु पर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । दुर्घटना न्यूनिकरणका लागि सानाठूला सबै हेलिकोप्टर उडानमा दुईजना पाइलट राख्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए ।
कुन अवस्थामा साना हेलिकोप्टरमा दुईजना पाइलट नराखे पनि हुने भन्ने विषयमा अध्ययन गरी मापदण्ड तयार गर्न समिति बनाउने निर्णय गरेको उनले बताएका छन्। हेलिकोप्टर उडानको सुरक्षालाई ध्यान दिँदै साना हेलिकोप्टर उडानमा पनि दुईजना पाइलट राख्ने विषय ल्याइएको उनले बताए।
प्राधिकरणले सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठ संयोजकत्वमा कस्तो अवस्थामा दुईजना पाइलट नभए पनि हुने भन्ने विषयमा अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको जनाएको छ।
प्राधिकरणको निर्णय अव्यवहारीक भएको भन्दै यस सम्बन्धी आधिकारीक निर्णय गर्न बिहीबार वायुसेवा संचालक संघको बैंठक बस्न लागेको छ । हेलिकप्टरमा दुई जना पाइलट राख्दैमा सुरक्षीत हुन्छ भन्ने धारणा प्राधिकरणको बुझाई गलत भएको एक व्यवसाीको भनाई छ ।
हिमाली र उच्च क्षेत्रमा कहिलेकाही १ जना मात्र विरामी राखेर उद्धार गर्नुपर्ने अवस्था आउछ,त्यो बेला दुई जना पाइलट हुँदा उद्धार उडाननै प्रभावित हुन्छ ,ती व्यवसायीले भने ।
प्राधिकरणले गरेका अव्यवहारीक निर्णयहरु लागू गर्ने अवस्था नभएको ती व्यवसायीको भनाई छ । दुई वटा इन्जिन भएकोमा सम्भावना भएपनि वि थ्रि हेलिकप्टरमा सम्भावना नभएको व्यवसायीहरुको भनाई छ ।
नेपालमा दक्ष जनशक्तीको समेत अभाव भइरहेको बेला २ जना पाइलट राख्ने व्यवस्था उचति नभएको बताए ।