काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डस्ट्रिजको बिक्री वर्ष दिनमै २०६ प्रतिशतले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा १ अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम् इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ ।
कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो ।
कम्पनीको प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, “लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको छ ।
यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण व्यवसायसम्बन्धी गतिविधिहरू पुरानै लयमा फर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो ।
हाम्रा उत्पादनहरूको गुणस्तरीयता र यिनीहरूप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरूको कम्पनीप्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।”
मंगलमका सबै उत्पादनहरू उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।
मंगलमको उत्पादनहरू उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू आईएसओ ९००१ः २०१५ प्रमाणित छन् भने मंगलमको सीपीभीसी, पीभीसी, एचडीईपी पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर एनएस पनि प्रमाणित छन् ।