काठमाडाैं । जगदम्बा मोटर्सले काठमाडाैंदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भव्य रुपमा सम्पन्न गरेको छ ।
गत जेठ १४ गते शनिबार आयोजना भएको साे राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने एयरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । साे राइडमा सहभागीहरुबीच एकतामूलक विभिन्न गेमहरु खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गरिएको थियो ।
राइडमा टीभीएस एनटर्कका ७० जना राइडरका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो ।
साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए।
टीभीएस एनटर्कका राइडरहरुबीच आत्मियता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।
साे राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साे राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाइ निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो ।