काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेटले औद्योगीकरणलाई बढावा दिएको बताएका छन् ।
बजेट भाषणपछि क्यापिटल नेपाललाई प्रतिक्रिया दिँदै अग्रवालले अर्थमन्त्रीले आज प्रस्तुत गरेको बजेट भाषणले समग्र उद्योगलाई फाइदा पुग्ने बताए । 'मलाई लाग्यो यो बजेटले औद्योगिकरणलाई टेवा पुर्याउँछ', उनले भने, 'हामीले उठाइरहेको मेक इन नेपाल अभियानलाई बजेटले सम्बोधन गरेको छ, यस यो अभियानमा प्रवर्धन हुनेछ ।'
गैरआवासीय नेपालीलाई सेयर बजारमा प्रवेश, वैदेशिक रोजगारमा गएकालाई आईपीओमा सुविधाले नयाँ आयाम थप्ने अग्रवालले बताए । त्यस्तै सरकारले स्थानीय तहमार्फत एक घर एक विद्युतीय चुलो अनुदान दिने राम्राे भएकाे उनले बताए ।
'नयाँ व्यवस्थाअन्तर्गत अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिस्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइनेछ । उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैंकको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको छ । त्यस्तै नेपाली निर्माण कम्पनीलाई विदेशमा पनि काम गर्ने बाटो खुला गर्ने काम पनि राम्रो छ', अग्रवालले बताए ।
सरकारले साना तथा घरेलु उद्योगमा सहुलियतपूर्ण ऋण दिन १३ अर्ब ५९ करोड गरेको विनियोजन पनि सकारात्मक छ । सरकारले आगामी वर्षदेखि उद्योगीलाई उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने व्यवस्था लागू गर्नेले घोषणाले पनि व्यवसायी उद्योगीलाई उत्साहित बनाउनले उनकाे भनाइ छ ।
उनका अनुसार सिमेन्ट, स्टील, जुत्तासहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई सरकारले ८ प्रतिशत नगद अनुदान दिने घोषणाले निर्यातमा उल्लेखनिय सुधार हुनेछ । विदेशी लगानीमा २ करोड सिमाले पनि विदेशी लगानी आकर्षित हुन्छ, त्यस्तै जग्गाको हदबन्दी उद्योगलाई नलाग्ने प्रावधानले पनि बजेट सकारात्मक छ भन्ने देखिन्छ ।