काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फको प्रस्थान बजेटको रूपमा प्रस्तुत गरेको छ । बजेटले प्राथमिकताहरू निम्नानुसार तय गरेको छ ।
- कृषि क्षेत्रको रूपान्तरण ।
- सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण ।
- नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास ।
- मानव संशाधन विकास ।
- पूर्वाधार विकास र पुँजी निर्माण ।
- जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार र ग्रामीण विद्युतीकरण औद्योगिक विकास, लगानी प्रवर्द्धन र पर्यटन क्षेत्रको पुनरूत्थान ।
- वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण ।
र, प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन तथा आवधिक निर्वाचन, वैज्ञानिक अनुसन्धान र विकास रहेका छन् ।